८ बैशाख २०८१, शनिबार

भरत लिमेलको अर्को गीत ‘साहराको बढाएउ हात’ को भिडियो सार्वजनिक


bharat

२५ साउन, काठमाडौं । गायक भरत लिमेल मगर र गायिका श्रीजना भट्टराईको आवाजमा सजिएको ‘साहराको बढाएउ हात’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार दिनेश सुबेदीको शब्द र मिलन तिमिल्सिनाको संगीत रहेको गीतको भिडियो हाइलाइटस नेपाल YouTube मार्फत सार्वजनिक भएको छ ।

गायक मगरको दोस्रो एल्बम ‘मनको कुरा’ मा समाबेश भएको यस गीतको भिडियोलाई देवराज गुरुङको निर्देशन रहेको छ ।
निकैनै मार्मिक रहेको गीतमा छिरिङ्ग ह्यल्मो लामा र भावना गुरुङको अभिनय रहेको छ ।

खोटाङको बारहपोखरी गाउँपालिका वडा नं. १ पिपिलेमा जन्मिएका गायक मगर सानैदेखि संगीत क्षेत्रमा सक्रिय रहेका छन् । दूईवटा एल्वम समेत निकाली सकेका गायक मगर अहिले अर्को एल्वमको तयारीमा रहेका छन् ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !