१३ बैशाख २०८१, बिहिबार

साँचो माया


माया

यो कथा साँचो माया गर्ने एक प्रेमी र प्रेमीकाको हो । जसको नाम सागर र सपना थियो । सागर र सपना एक अर्कालाई असाध्य माया गर्दथे । सागर र सपनाको पहिलो पटक भेट क्याम्पसमा भएको थियो । जहाँ सागर आफ्नो अगाडीको अध्ययन गर्न आएको थियो । सपना सागर संग केहि बोल्न खोज्छ तर सागर भने केहि नबोली हिड्छ र सपना भने उसलाई हेरि रहन्छिन् ।

सपना करोडपति वावुकी एक्ली छोरी हुन्छे तर उसमा धनको कुनै घमण्ड हुदैन । उ अरु केटीहरु जस्तै सरल र चञ्चल स्वभावकी थिईन । सपनाले पहिलो भेटमा नै सागरलाई मन पराउन थाल्छिन् । सागर भने गरिब आमाको एक्लो छोरो थियो । उ शान्त स्वभावको थियो त्यसैले होला सपना सागर भने पछि भुतुक्कै हुन्थिन । तर सागर भने सपनासंग टाढिन खोज्थ्यो । क्याम्पसमा सागर नयाँ थियो त्यसमाथि पनि गाँ उबाट आएको उसलाई सबैले गिज्याउथ्यो तर सपना मात्र थिईन की उसलाई केहि भन्दिन थिईन, सागरकै पक्षमा बोल्थीन । जसले गर्दा सागर र सपनामा घनिष्ट मित्रता हुन पुग्यो । विस्तार विस्तारै उनिहरुको मित्रताले प्रेमको रुप लिन थाल्यो र मित्रता प्रेममा परिणत भयो । सागर र सपना एक अर्कालाई एक छिन पनि नदेख्दा पानी बिनाको माछा छटपटे झै छटपटिन्थे । संगै हिडेने बस्ने गर्न थाले । उनिहरुलाई एक अर्का बिना वाँच्न मुस्किल भयो । उनीहरुको यस्तो गाढा र साँचो माया देखेर साथीहरु ईष्र्या गर्थे र भन्थे सागर र सपना जस्तो एक अर्कालाई साँचो माया गर्ने प्रेमी हामीलाई पनि पाए हुन्थ्यो ।

सागर र सपनाको प्रेम कहानी चलेको एक वर्ष भई सकेको थियो कि अचानक सागरको हातमा एउटा पत्र पर्छ, जसमा लेखिएको थियो सागर तेरो आमा साह्रै विरामी छ । तँ जसरी पनि घर आइज । पत्र पढ्नासाथ सागर गाँउ फर्कने तयारी गर्छ र घर फर्कन्छ । गाँउ फर्कने बेलामा सागरको सपनासंग भेट हुन पाउदैन । उता सागर घर पुग्दा आमाले प्राण त्यागि सकेकी हुन्छीन । यता सपना सागरले केही नभनी यसरी हराएकोले उ पानी बिनाको माछी झै छटपटि रहेकी हुन्छिन । त्यसैबेला उसको हातमा एउटा पत्र पर्छ, जुन पत्र सागरले सपनालाई पठाएको हुन्छ । पत्रमा सागरले आफु एक्कासी हराउनु परेको कारण र आफु आउन अझ एक महिना लाग्ने कुरा उल्लेख गरेको थियो । सपनालाई सागर बिना एक दिन त काट्न मुस्किल भएको बेला एक महिना सागरको अनुपस्थितिमा आफ्नो जीवन विताउनु पर्दा दश वर्ष बिताउनु परेझै लाग्न थाल्यो । विस्तार–विस्तारै सपनाको सपनाको पर्खाईको घढी पनि सिद्धयो ।

यता सागर आफ्नो सम्पूर्ण काम सिध्याएर सपनालाई भेट्ने खुशीले रम्दै शहर आउछ । शहरमा आउनासाथै सपनाको विषयमा साथीहरुसंग कुरा गर्छ । सपनाले त आजै अरुनै केटासंग विवाह गरिन भन्ने समाचार उसको साथीहरुले सुनाउछ । यस्तो खबर सुन्नासाथ उ हागाबाट खसे जस्तो हुन्छ । संगै वाच्ने, संगै मर्ने खाएको कसम यति छिट्टै तोडेर जान सक्दैन भनि उ त्यहाबाट सपनाको घर तर्फ जान्छ । जाँदा–जाँदा बाटोमा उसले एउटी केटी र केटा वेहुली र वेहुलाको भेषमा आफुतिर आएको देख्छ, अलि नजिक आएपछि उसले त्यस केटीलाई चिन्छ । त्यो केटी अरु कोहि नभई आफैले चाहेको सपनापो रै’छ । आफु अगाडी आफुले प्राण भन्दा बढी माया गरेको आफ्नो प्रेमिकाको त्यस्तो रुप देखे पछि उसलाई बाँच्नुको कुनै अर्थ रहेन र उ नजिकको पोखरीमा हाम फाल्छ । त्यसपछि सपना कराउछिन, पोखरीमा मान्छे डुब्यो बचाउ…..बचाउ…….बचाउ…. । केहि बेर पछि केटाहरुले चाल पाई सागरलाई खोलाबाट बाहिर निकाल्छ । सपनाको आँखाभरी आँसु आउछ । उनी रुदै भन्छिन तिमीले यो के गरेको सागर ? सागरले जवाफ दिन्छ, तिमी किन रोएकी ? तिमी त आज खुशी हुनुपर्ने हो किनकी तिम्रो त आज विवाह भएको छ । म तिम्रो को हुँ र ? सपना तर्सिन्छीन । उसले सागरलाई सम्झउछे । सागर मैले कैसैसंग विवाह गरेको छैन । यो त मैले नाटक गरेकी हुँ , तिम्रो माया जाच्नकोलागि हामी साथीहरु मिलेर नाटक गरेको । मलाई के थाहा ?, कि तिमी मलाई आफ्नो प्राण भन्दा पनि बढी माया गर्छौ भनेर नत्र म आफ्नो प्राणको परिक्षा लिने थिईन । सपनाको यस्तो भनाई सुनी सागरले सपनालाई भन्छ, अब उप्रान्त मसंग यस्तो नाटक नगर । नत्र तिम्रो यो प्राणले यो संसार छाड्ने छ । यति भन्न नपाउदै सपनाले सागरको मुख थुन्दिनछिन । त्यस पछि दुवै जना मिली आ–आफ्नो कोठा फर्कन्छ ।

सागर र सपनाको सम्पूर्ण प्रेम कहानी सपनाको बुवाले चाल पाउछ र सपनाको विहेको कुराकानी अन्तै चलाउन थाल्छ । सपनाले आफ्नो बुवालाई आफुले सागरलाई मन पराएको र उसैसंग विवाह गर्ने निधो गरको कुरा सुनाउछिन । तर सपनाको बुवाले यी दुवै माया गर्ने प्रेमीको बीचमा धनी र गरिबको ठूलो पर्खाल खडा गरिदिन्छन । बुवाको अगाडी केही जोड नचले पछि सपनाले सागरलाई भागेर जाने आग्रह गर्छिन तर सागरले भने मान्दैन । उसले सपनालाई सम्झाउछ, हेर हामी एक अर्कालाई साँचो माया गर्छौ किन डराउने ? म तिमीलाई तिम्रो बुवासंग मागेर विवाह गर्छु । तिमी आफ्नो घर जाउ भनि सपनालई घर पठाउछ । यता सपना घर पुग्दा उसको विवाहको कुरा अन्तै छिनोफानो गरिसकेको हुन्छ र दुई दिन पछि उसको विवाहको मिति पनि तोकिन्छ ।

सागरले सपनाको विवाहको कुरा छिनियो भन्ने चाल पाएपछि उ सपनाको घर जान्छ उसको हात माग्न । तर त्यहाबाट अपमानित भई फर्कनु पर्छ, आफ्नो अगाडी आफ्नो प्रेमीको अपमान भएको र उ बीना बाँच्नु पर्ने हुदा उ बीना बाँच्नु भन्दा मर्नु उचित ठानी आफ्नो कोठमा गई सागरको फोटो हेरी मलाई माफ गरि देउ सागर म यो जुनीमा तिम्रो हुन सकिन म तिमीलाई छाडेर यो संसारबाट जादैछु । म तिम्रो वाहेक अरु कसैको भई बाँच्न चाहान्न भनि विष सेवन गर्छिन । उसले विष सेवन गरेको आमा–बुवाले चाल पाई सपनालाई अस्पताल पु¥याउछन । उता सागर सपना बीना विछोडी बाँच्नु भन्दा मर्नु उचित भनि उ पनि मर्ने निष्कर्षमा पुगि नजीकको औषधी पसलमा गई किरा मार्ने औषधी लि फर्कीदा सागरले सपना विष सेवनबाट घाईते भई अस्पतालमा लगेकोछ भन्ने चाल पाउछ । त्यसपछि उ स्वाँ –स्वाँ र फ्वाँ –फ्वाँ गर्दै अस्पतालतीर दौडन्छ । अस्पताल पुगेपछि होश नआए सम्म सपनाको केहि भन्न सकिन्न भन्ने डाक्टरबाट सुन्छ र सपनाको बेडमा गई भक्कानो फुट्ने गरि रुन्छ सपना तिमीले मलाई एक्लै छाडेर जान सक्दैनौ भन्दै रुदै गर्छ । सपनालाई होश नआएको देखी सपना म बाट विछोडीने पिडाले आत्महत्या गरिन् म किन बाँच्ने भनि हातमा रहेको किराको औषधी पिउछ जसबाट सागरको मृत्यु हुन्छ ।

सागरले प्राण त्यागेको केहि वेरपिछ सपनालाई होश आउछ, होशमा आउनासाथ उसले सागरलाई नै खोज्छीन जब सागरलाई आफु समक्ष प्राण त्यगेको उनले देख्छिन , अनि उनी पनि सागर भनि जोडले कराई अंकमाल गर्छीन र आफ्नो प्राण त्याग्छिन । यसरी साँचो माया गर्ने प्रेमी र प्रेमीका बाचुन्जेलसम्म संगै रहे र मर्ने बेलामा पनि संगै मरे । एक अर्का विना बाँच्नु भन्दा संगै एक अर्काको साथ रहने गरि प्राण त्यागे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !