८ बैशाख २०८१, शनिबार

श्रीदेवीकी छाेरी जान्हवीकाे डेब्यू फिल्म ‘धडक’ को ट्रेलर सार्वजनिक


Dhadak

१२ असार, काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो फिल्म प्रेम कहानीमा आधारित छ । जान्ह्वी कपूरको जोडीको रुपमा ईशान खट्टर रहेका छन । ईशान खट्टर अभिनेता साहिद कपूरका सौतेनी भाई हुन् ।

यो फिल्ममा राजस्थानका एक जोडीको प्रेमलाई देखाइएको छ । दुवैले एक अर्कालाई प्रेम गरे पनि दुई परिवारको असहमतिका कारण दुवै घरबाट भागेर कोलकता जान्छन ।

निर्देशक शशांक खेतानको निर्देशनमा बनेको यो फिल्ममा जान्हवी कपूर बलिउडमा डेब्यू गरिरहेकी छिन् । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरुमा जान्हवीलाई उनकी आमा श्रीदेवीसँग तुलना गरिंदैछ ।

यो ट्रेलर सार्वजनिक हुनु अघि जान्हवीका दाई अर्जुन कपूरले जान्हवीलाई ट्वीटर मार्फत शुभकामना दिएका थिए ।

साथै यस खुशीको माहोलमा आफू बहिनीसँग हुन नपाएकोमा माफी पनि मागेका थिए । अर्जुन कपूर श्रीदेवीका सौतेनी छोरा हुन् ।

श्रीदेवीको निधन पछि छुट्टै बसिरहेका अर्जुन कपूरले जान्हवी र उनकी बहिनी खुशी कपूरलाई साथ दिइरहेका छन् ।

करण जोहरले निर्माण गरेको फिल्म ‘धडक’ मराठी भाषाको सुपरहिट फिल्म ‘सैरात’को रिमेक हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !