१३ बैशाख २०८१, बिहिबार

तीन मुक्तक


सूर्य पौडेल

बोली फुट्दैन बढ्छ हुटहुटी प्रिया ।
बनाऊँ अर्कै लोक हामी जुटी प्रिया ॥
घाँटी हेरी हाड निल्नुपर्छ बाँच्न त !
कार खै सक्दिन कि पक्का स्कुटी प्रिया ॥

**********************

प्रेम दिलले गरेको हुन्छ ।
यहाँ दिमाग मरेको हुन्छ ॥
एक आफू पूरै रित्तिएर,
अरे ! आफैंलाई भरेको हुन्छ ॥

*******************

चाँदी राम्रो भन्थें सुनलाई नदेखुन्जेल ।
दियो राम्रो भन्थें जूनलाई नदेखुन्जेल ॥
आहा ! कति राम्रो गुलाफ भन्दैछु अहिले,
यो भनाइ हो है उनलाई नदेखुन्जेल ॥

सूर्य पौडेल
बा. नपा-१३, बागलुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !