१३ बैशाख २०८१, बिहिबार

तीन मुक्तक


सूर्य पौडेल

पूरै संसारै उसको राखेर छेउ ।
भनेँ “जे जे मन लाग्छ रोजेर लेऊ ॥
जन्मदिनमा, नजिकै आई बोली,
“चाहिदैन केही तिम्रो थर देऊ ।।”

*******************

हरेक पल ख्याल गर्ने गाता बन्छु म ।
घाम र पानी जोगाउने छाता बन्छु म ॥
गरी सद्भावले तिम्रा सारा माग पूरा,
संसारलाई भुलाउने नाता बन्छु म ॥

***********************

पर्ख हाम्रो छुट्टै घर हुनेछ ।
तिम्रो नाम मेरो थर हुनेछ ॥
कति त रिसले जल्लान् पनि,
कतिलाई त रहर हुनेछ ॥

*******************

सूर्य पौडेल
बा नपा-१३ पैयुँपाटा, बागलुङ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !