६ बैशाख २०८१, बिहिबार

तीन मुक्तक


सूर्य पौडेल

ईर्ष्या गर्दै छन् हेर ती फूल-हरू ।
झुटो बोल्या भए म अहि-ल्यै मरू ।।
पूरा संसारमै मनले तनले,
तिमी जस्तो राम्रो कोही छैन अरु ।।

****************

‘तिमी’ मसँग छौ धन जरुरी छैन ।
मन मसँग छ तन जरुरी छैन ॥
यो मुटुमा ‘तिमी’ छौ र त जीवित छु,
‘तिमी’ रहुन्जेल धड्कन जरुरी छैन ॥

*******************

तिमी बोलाऊ म चितामै भए नि आउँछु ।
तिमी नाच म हर कुनै भाषामा गाउँछु ।।
दुनियाँले सिकोस् न के हो प्रेम हामीबाट ,
तिमी खाऊ ल प्रिया म त त्यसै अघाउँछु ।।

***********************

सूर्य पौडेल
बा.न.पा-१३ पैयुँपाटा बागलुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !