१३ बैशाख २०८१, बिहिबार

पाँच मुक्तकहरु


सूर्य पौडेल

एउटाले भन्यो, ” तिम्रो घर स्थायी हो ? ”
अर्काले भन्यो, ” तिम्रो जागिर स्थायी हो ? ”
खोजूँ किन घर, जग्गा , जागिर स्थायी !
मैले भनेँ, ” मेरो जीवन अस्थायी हो । ”

*******************
धन कमाउँछु, पसिना खनाउँछु ।
जग्गा, गाडी किन्छु र घर बनाउँछु ॥
यो तेरो भन्छु अनि यो त मेरो भन्छु,
जानु छ एकदिन साँच्ची के लैजान्छु ???

*****************
खास हैसियत कसरी चिनिन्छ ?
जब पुरस्कार पैसाले किनिन्छ !!
मैले कत्ति पनि नबुझेको कुरा,
के त्यस्ले साँच्चै आत्मसम्मान दिन्छ ??

*************
कसैलाई खास बनाउने पैसा ।
कसैलाई दास बनाउने पैसा ॥
के हो ? कसैलाई जीवन दिने त,
कसैलाई लास बनाउने पैसा !!

*************
जहिले शरीर लास हुनेछ ।
न मालिक न यो दास हुनेछ ॥
व्यर्थै छ आफ्नो अनि पराई भन्नु,
अन्त्यमा को आस-पास हुनेछ ??
*************

सूर्य पौडेल
बा.न.पा १३ पैयुँपाटा बागलुङ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !