७ बैशाख २०८१, शुक्रबार

गजल


सूर्य पौडेल

खै किन लाग्दैन अचेल आफ्नैको भर ।
के छ नि डाक्टर मेरो मुटुको खबर ??

म त फर्किएँ गाउँमै त्यै गोठालो गर्न,
राख्न भएन मन्जुर तिम्रो त्यो सहर ॥

स्थायी बसोबास त मालिकलाई सोध,
आफू त जोगी जहाँ रात पर्छ त्यै घर ॥

कहिलेकाहीँ नि त्यो चन्द्रमा हेर्दै सोच्छु,
बनाउन पाए तिम्रो नाम मेरो थर ॥

जीवित छ त खुशी नै छ भन्छौ होला है,
बाँचेको हो त्यो किन्न नसकेर जहर ॥

सूर्य पौडेल
बा. न. पा १३ बागलुङ ।

यो पनि पढ्नुहोस्

सूर्य पौडेलको गजल

सूर्य पौडेलको गजल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !