७ श्रावण २०८१, सोमबार

सूर्य पौडेलको गजल


सूर्य पौडेल

म आउँदा त्यहाँ घर थिएन, छत थिएन ।
जब बन्यो त्यो बास मेरो जरूरत थिएन ॥

भित्रभित्रै यो मुटु यति धेरै टुक्रा पर्यो,
बाहिर कसले पो देख्ने कुनै खत थिएन ॥

त्यै बगरमै तड्पिन्थ्यो माछा पानी खोजेर,
पासमै नदी तर जान इजाजत थिएन ॥

त्यो सानो गाई पैसेले दिन्थ्यो बरू धेरै खुशी,
सम्झेर के गरूँ खै साथमा विगत थिएन ॥

खुकुरी सम्झदै खुब रोयो त्यो आखिर किन,
सायद अचानो चोटले मर्माहत थिएन ॥

सूर्य पौडेल
बा.न.पा १३ पैयुँपाटा बागलुङ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !