७ बैशाख २०८१, शुक्रबार

रिजुले जितिन् ‘मिस नेवा’ उपाधि


award

१४ जेठ, काठमाण्डौ । १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि रिजु मानन्धरले जितेकी छन् । आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताजसहित २० हजार रुपैया साथै विभिन्न उपहार पाइन् ।

नेप्लिज फेसन होमले नेवार समुदायका युवतीको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्न आयोजना गरेको प्रतियोगितामा विजेता रिजुले विधागततर्फको ‘पब्लिक च्वाइस अवार्ड’ पनि सुरक्षित गरिन् ।

प्रतियोगितामा सरिसा श्रेष्ठ ‘फस्र्ट रनर अप’ र मतिना मानन्धर ‘सेकेण्ड रनरअप’ हुँदा उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैया“ पाए । मतिनाले ‘मिस पर्सनालिटी’को विधागत अवार्ड पनि जितिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !