१३ बैशाख २०८१, बिहिबार

आज पानी पर्‍यो


तीर्थराज भट्ट
*** *** *** ***
आज पानी पर्‍यो, साँझ पानी पर्‍यो।
तापमा झोपडी जिन्दगानी पर्‍यो।

आगलागी भयो भो सखापै चुरे,
आगमा देश यो जानिजानी पर्‍यो।

कम्पले ध्वस्त भो यो धरा धर्हरा,
दु:खमा मक्ख यो राजधानी पर्‍यो।

ती झुमा त्यो बिरे बेचिये ब्यर्थमा,
वेदनामा यता हेर नानी पर्‍यो।

याद तिम्रो हुँदा सोम प्याला पिए,
प्यून थाले जब, आज बानी पर्‍यो।

([email protected])


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !