६ बैशाख २०८१, बिहिबार

माग्ने, देश भक्त र राजनिती


magne

-भरत भण्डारी
जो हांस्छ हेरी अरुको मरणमा
न पर्नु कहिल्यै त्यसको शरणमा।
दिएर आस छोडीदिन्छ कस्ले
अमृत भन्दै बिष दिन्छ जस्ले।।

झुक्याई मार्दिन्छ छुरा धसेर
त्यो बुद्दको आसनमा बसेर।
झुक्याइ बाचा गरिदिन्छ कस्ले
आफ्नै रगत् कुल्चिइदिन्छ जस्ले।।

तिम्रा अगाडी अझ राम्रो बन्छ
आफ्नो यो घर् लाइ मिलाउ भन्छ।
दिएर साथ छोडिदिन्छ कस्ले
मान्छे कटाई बलिदिन्छ जस्ले।।

ताप्दिन्छ आगो उ घरै जलाई
आस्था हरुको प्रतिभा ढलाई।
देशै बेचौन प्रण गर्छ कस्ले
जिउंदै जलाई कन मार्छ जस्ले।।

देशै लुटेर केही छैन बांकी
यो राष्टृ भक्तिको कुरा फलाकी।
स्वार्थी भइ राज्नीती गर्छ कस्ले
छोएर पाउ भिख माग्छ जस्ले।

असोज 14, 2072 काठमाण्डौ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !