२० माघ २०७९, शुक्रबार

कविता – यात्रा भो जिन्दगी


सुदर्शन सापकोटा

हिडेको हिडै छ, देखेको देखै छ
छितिज भन्दा पनि पर
पुगेरै नसकिने
देखेरै नभाइने
भन्नेहरु भन्ने गर्छन्
क्या यात्रा भो जिन्दगी ।

माया बग्छ तल तल ।
पानी त झन सलसल ।
बगेरै नसकिने नदिको पानी जस्तो
कैले वारि पनि पारी
भन्ने हरु त यो पानी भन्छन् ।
तरेरै नसकिने
कस्तो सागु भो जिन्दगी ।

कैले गोरेटो
कैले भिर काल्ला
मोटरबाटो हुँदै
जहाजको यात्रा

कैले देश कैले विदेश
केही ठेगान छैन, कैले कता कैले कता
भन्नेहरु भन्ने गर्छ्न
क्या जात्रा भो जिन्दगी ।

गाउँ हुदा बेसि जाउ जाउ ।
बेसि झर्यो ।
के खाउ के गरि खाउ ।
उकाली र ओराली
सुख दु:ख
जीवन मरण
मान्छे धेरै, सोच झन धेरै
बुझेरै नसकिने, पढेरै नसकिने
भन्नेहरु यो पनि भन्छ्न
कस्तो पुस्तक भो जिन्दगी ।

केहिकुरा जुटिरहँदा
केही कुरा छुटिरहन्छ यहाँ
जस्ले जे भने पनि
हाँसेको मुहार पनि
कहि न कतै टुटेकै छ यहाँ ।
त्यसैले भन्नेहरु भन्ने गर्छ्न
टुट फुट र जुट
कस्तो चक्र भो जिन्दगी !

अनकिन्ती चहाना
निरन्तरको दौडधुप
छैन कुनै चौतारी
चिट चिट पसिना
भन्नेहरु भन्ने गर्छ्न
क्या थकान भो जिन्दगी ।

बेचैनी इच्छाहरु
बर्गेल्ती कामहरु
प्यासी मन
तप ! तप ! थोपा
भन्ने हरु भने गर्छन्
कस्तो तिर्का भो जिन्दगी ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !