७ बैशाख २०८१, शुक्रबार

अपरिचित आँशु


cry

भो अब छोड्दे,धेरै खेल्नु हुन्न, तास को खाल मा बसेपछी तलाइ—–, के भन्ने ? मैले पटक पटक भन्द पनि टेर पुछर लगाएन उस्ले । खाल छोड्ने भन्न्दा पनि लम्बिने सुर पो देखियो । उ कहिले मुस्कुराउँदै कहिले टाउकामा हात राख्दै त कहिले मोबाइल हेर्दै बेला बेलामा झोक्कीदै भन्दै थियो” येस्तो फाल्तु आयो साला, एक सिकोइन्स मिल्दैन ।

उस्को बिचित्र रुप परबाटै नियाल्न मजा आयो मलाइ । करिब एक घन्टा खेलिसके पछी थोरै आक्रोसित हुदै भन्यो” टाट पल्टियो यार्, पन्ध्र भन्दा माथी झ्वाम भयो । एक चोटी खाइएन, लकै रैनछ आज । हुनत ठिकै छ, यि  गाउले हरु सङग धेरै भो नखेलेको रमाइलै भो । जाबो पन्ध्रै हजा र त हो । अनि आमा लाई के दिन्छस ? खेती लगाउन पैसा छोड्नु पर्छ भनेको हैन ? उस्को कुरा सकिन नपाउँदै  मैले थपें ।अलिक टोलाएर केही सोचे जस्तो अनि अलि रिसाए जस्तो गरी  केही बोल्न खोजे पनि केही बोलेन उस्ले सायद सोच्दै थियो होला कुनै बाहाना बनाउछु। केही बेर टोलाएर भन्यो पाँच सात हजार त छ नि, ब्यपारी हुं  कङ्गाल होइन ।

म भने उस्लाइ अलिक बडी नै नियाल्दै थिए । तेतिखेर उस्लाइ हेर्दा लाग्दै थियो कि उ सबै थोक सकीएर टाट पल्टीएको ब्यापारी जस्तो ।खुम्ची एको अनुहार , राता राता आखा, केही रिसाएको, कस्तो फरक कस्तो ? पढाइ मा ठयाक्कै बिए पास ठोकेर ब्यापार सुरु गरेको उ बेला बेलामा गफ दिन्थ्यो मलाइ, पैसा त ब्यपार मा छ भाइ, मैनाको लाख त सिम्पल हो। सुनेको थिए उ इम्पोर्ट एक्स्पोर्ट को ब्यापार गर्छ। काठमाण्डुमा राम्रै  फ्ल्याट मा बस्छ । उस्को श्रीमती को जब पनि छ रे। उसको त साननै बेग्लै छ भन्ने गर्थे साथी हरु ।

सङ्गै जस्तो घर भाको भर सङ्गै फर्कने तरखर गरियो । समय मै काठमण्डौ पुग्नु पर्ने भयेकोले अल्ली हतार पनि हुदै थियो। उस्कै मोटर बाइक मा सङै फर्कने कुरा थियो । हत्तपत्त आधी टोकेको स्याउको फोटो भयेको मोबाइल निकाल्दै डाएल  गर्न थाल्यो , खै उता बाट आवाज आयो कि आयेन त्यो त मलाई पत्तो भयेन तर उस्ले भने धारा प्रबाह दिन थाल्यो “सुन डार्लिङ भएको जती पैसा सबै हरायो अब भोली छोरी लाई स्कुलको फि तिर्न पैसा छैन भनिदेउ र तिर्मो लागी त्यो चिज पनि ल्याउन मुस्किल छ । भनौ भने बाटो खर्च पनि छैन ——– ।”

अल्ली पर चिहाउदै हेरिरहेकी बुढी आमा सुस्तरी सुस्तरी नजिक आईन्। उस्ले फोन को कुरा सक्काएपछी आमा लाई केही भन्न खोज्दै थियो तर सो भन्दा अगिनै आमा ले पटुकी को कुना बाट केही बटारीएको नोट हरु निकाल्दै छोरा लाई दिदै भनिन् ” बाबु म सङ्ग पांच हजार रुपैंया छ अस्ती बोको बेचेको पैसा, यो लैजाउ र नातिनी को फी तिर्नु अनि तिमिलाई ब।टो खर्छ यो पांच सय पनि राख”।मैले उस्लाई नियालें र उस्को आमा लाई नियालें ।खै म कहाँ छु पत्तै नभये झै भयो, मनले के सोच्यो थाहा भएन तर मेरो आँखा बाट झरेको आसु लाई देखेर उस्ले भन्यो “तेरो आखा मा के भयो ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !