११ बैशाख २०८१, मंगलबार

गीति कविता – यो सम्झने मनले सम्झिरहन्छ


मनले सम्झिरहन्छ

यो सम्झने मनले सम्झिरहन्छ तिमीलाई
एक पल नदेख्दा बसु म कसरी आँशु बगाई

यो सम्झना पनि कस्तो, यो दिलको कहानी कस्तो
नभेटी नमान्ने यो मन पनि भयो कस्तो कस्तो

यी नयनले हेरिरहु लाग्छ सधै मलाई यहाँ
तिम्रो हाल खवर नसोधी बस्न सक्थे म कहाँ

तिम्रो मिठो सम्झना छ मेरो यो दिलमा
जति सम्झौ अझै सम्झिरहौ लाग्छ मनमा

फर्कि फर्कि अझै हेर्छु ए सुन्दरी
यो सृष्टिकै सुन्दर रुप हेर्दै रमाएछु बेस्सरी

कवि गोबिन्दराज ओझा (राजन) दिपायल सिलगढी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !