१२ बैशाख २०८१, बुधबार

नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त


नेपाल प्रज्ञा प्रतिष्ठान

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उनीहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ ।

प्राज्ञ डा देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा. जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य-काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !