२४ मंसिर २०७९, शनिबार

पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित कृति ‘तुषानल’ सार्वजनिक


‘तुषानल’ सार्वजनिक

काठमाडौँ । पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति सार्वजनिक भएको छ । पैरवी बुक्स प्रकाशन प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर डा. तिलक रावल, संविधानविद् डा. भीमार्जुन आचार्य र सामाजिक अभियान्ता एवं लेखिका सरु जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

तुषानल अर्थात् भुसको आगोको नाममा प्रकासन भएको मपुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्थालगायत विषयवस्तु समेटिएको छ ।

कार्यक्रममा पूर्वगर्भनर डा. रावल, संविधानविद् डा. आचार्य, लेखिका जोशी र राजनीतिक विष्लेषक प्रा पुरुषोत्तम दाहालले बहुदलीय प्रजातन्त्र स्थापनापछि देशमा भएका राजनीतिक घटनाक्रमलाई पुस्तकमा समेटिएको उल्लेख गर्दै लेख र बोलीमार्फत गरिने स्वस्थ आलोचनाले लोकतन्त्रलाई मज्बुत तुल्याउने धाराणा व्यक्त गरे ।

कृतिकार त्रिपाठीले एक पत्रकारका हैसियतले आफूले देखेको, भोगेको र बुझेको विषयवस्तुलाई पुस्तकमार्फत पाठकसामु प्रस्तुत गरेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !