८ बैशाख २०८१, शनिबार

बलिउड अभिनेत्री करिश्मा काठमाण्डौमा


करिश्मा कपुर

२४ वैशाख, काठमाण्डौ । बलिउड अभिनेत्री करिश्मा कपुर १५ वर्षपछि नेपाल भ्रमणमा काठमाण्डौ आएकी छिन् ।

सोमबार विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी करिश्माले आजै मेरिगोल्ड ज्वेलर्सको दरबारमार्गमा खुलेको शाखाको रिबन काटेर उद्घाटन गरेकी छिन् । मेरिगोल्ड ज्वेलर्सकी संचालिका ज्योत्सना श्रेष्ठका अनुसार करिश्मा ज्वेलरी उद्घाटनकै लागि काठमाण्डौ आएकी हुन् ।

करिश्माले आफू १५ बर्ष अगाडि नेपाल आएको र फेरि पनि आउने बताइन् । सगरमाथाको देश नेपाल आफूलाई मनपर्ने ठाउँ भएको भन्दै यहाँ आउन पाउँदा खुसी लागेको उनले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !