७ बैशाख २०८१, शुक्रबार

रेखा थापाको निर्देशनमा ‘मालिका’


rekha

२४ वैशाख, काठमाण्डौ । रेखा थापाको फिल्म निर्माण कम्पनी ‘रेखा फिल्मस’को ब्यानरमा निर्माण हुने फिल्म ‘मालिका’को सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै छायांकन सुरु भएको छ ।

बालुवाटारवाट छायांकन सुरु गरिएको यस फिल्मलाई रेखा आफैँले निर्देशन गर्दैछिन् । ‘मालिका’मा रेखा र नरबहादुर कार्कीसँगै जाजरकोटकी १४वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।

रेखाको आफ्नै कथा रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहनेछ । ‘मालिका’लाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ । फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !