, पेट मिचिमिचि हँसाउने लुकामारीको ट्रेलर प्यारोडी

पेट मिचिमिचि हँसाउने लुकामारीको ट्रेलर प्यारोडी

असार १० मा रिलिज हुने चलचित्र लुकामारीको ट्रेलरलाई युटुबमा धेरै दर्शकहरुले मन पराएका छन्

भर्खरै उक्त ट्रेलरको प्यारोडी पनि युटुबमा सार्वजनिक भएको छ, टिप्स तिवारीको लेखन रहेको उक्त प्यारोडी ट्रेलरका निर्माताहरु सुरज पौडेल, प्रकाश अधिकारी, दिनेश विष्ट र युग तिवारी रहेका छन्।

माकडियन सोसाइटी द्वारा निर्मित उक्त प्यारोडी ट्रेलर पनि निकै हँसाउने खालको बनेको छ। दुरुस्तै लुकामारी चलचित्रको झल्को आउने उक्त प्यारोडीमा टिप्स तिवारी, दामोदर पौडेल, किशोर पराजुली, रेजिना बस्नेत, रिचा पाण्डे,रोजिना के सी, चन्द्र तामाङ्गको उत्कृष्ट अभिनय देख्न सकिन्छ। यो प्यारोडीले लुकामारी चलचित्र हेर्न दर्शकलाई हलसम्म पुर्याउन थप सहयोग गर्नेछ।

हेर्नुहोस लुकामारीको ट्रेलर प्यारोडी:

ग्लेज ईन्टरटेन्मेन्टको व्यानरमा बनेको चलचित्र लुकामारीमा सौगात मल्ल, कर्मा, बिक्रम सिंह थारु, सुरविना कार्की, रिस्ता बस्नेत, जे.बि.डि.सि आदिको मुख्य भुमिका रहेको छ। चलचित्रका निर्माता सुरजमान सिंह भण्डारी हुन्।
कमेडि सस्पेन्स धारमा बनेको चलचित्र लुकामारीको पटकथा तथा संवाद बिनोद खतिवडाले लेखेका हुन्।

लुट पछि पहिलो पटक सगै पर्दामा देखिन लागेका सौगात मल्ल र कर्मा साथै कुशल अभिनय क्षमता भएका बिक्रम सिंह थारुको समिकरण हेर्न दर्शक आतुर छन्। चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन्।

हेर्नुहोस लुकामारीको ट्रेलर: