८ बैशाख २०८१, शनिबार

“कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती


kathadesh-3

एक्टर्स स्टुडियोका १७ अौ सत्रका विधार्थीहरुले शिल्पीको गोठाले नाटकघरमा प्रस्तुत गरीरहेको “कथादेश-३” दुई भिन्न-भिन्न नाटक प्रस्तुती हो।
नाटकको पहिलो अंकमा विश्व प्रख्यात “सहादत हसन मन्टो” द्दारा लेखिएको ‘ठन्डा गोस्त’ शिर्षकको कथालाई नेपालीमा “हिउँभन्दा चिसो” शिर्षक नामक नाटकको रुपमा प्रस्तुत गरिएको छ।
यस कथामा भारत र पाकिस्तान विभाजनको समयमा जातिय र धार्मिक दङ्गाले प्रभावित एक प्रात्र इश्वर र उसकी श्रीमतीको यौन जीवनमा परेको मनोवैज्ञानिक असरलाई निकै सरल रुपमा प्रस्तुत गरिएको छ।
नाटकको दोस्रो अंकमा नेपाली परिवेशमा यथार्थवादि धारमा अत्यन्त शक्तिशाली बरिष्ठ कथाकार गुरुप्रसाद मैनालीद्दारा लिखित “छिमेकी” शिर्षक नामक नाटक प्रस्तुत छ।
यस कथामा नेपाली ग्रामिंण भेगमा रहेको अन्तरविरोधलाई असाध्यै कलात्मकताका साथ चित्रण गरिएको छ। हाम्रो समाजमा रहेको असमनताले समाजमा द्दन्दको सृजना गर्ने र समाजमा घट्ने यस्ता विसंगत कुराहरुलाई हटाएर आदर्श समाजको निर्मांण गर्नुपर्ने सन्देश कथाले दिन्छ।
नाटकका निर्देशक आशान्त शर्मा हुनुहुन्छ, उहाँ भन्नुहुन्छ-विकाससगै विचलनको समय छ।विचलित मनहरुसँगै कलहरुको व्यापार गर्नेहरु पनि विकसित भएका छन् जसले समुदाय वर्ग,लिङ्ग,क्षेत्र,पहुँच,पहिचान मेलमिलापको आधार हुने ठाउँलाई पनि भत्काइ दिने गर्छ।
एक्टर्स स्टुडियोका १७ अौ सत्रका विधार्थीहरु नै हुन्, जसले यो प्रस्तुतीलाई यहाँसम्म ल्याइपुर्याए।सिक्ने सिकाउने मेलोमा आदरणीय नाट्यपारखीहरुलाई अलमल्याउन पुगेछु भने सदा झै स्नेह र सुझावको अपेक्षा राखेको छु।
नाटक २०७३ जेष्ठ १२ देखि २९ गतेसम्म(मंगलवार बाहेक) साझँ ५:३० बजे,(शनिवार १:०० बजे) शिल्पीको गोठले नाटकघर बत्तीसपुतली,काठमाडौमा प्रस्तुत भइरहेको छ।
कलाकारहरुमा, अजस्र ढुङ्गाना, मिन भण्डारी, आकाश अधिकारी, विना थापा, एलिषा सिवा, विरेन्द्र मुखिया, जितेन तामाङ्ग वेदप्रकाश सुवेदी, नमिता तामाङ्ग, सरोज श्रेष्ठ, निरज सापकोटा, सिता तिमल्सिना घिमिरे, मिराज कोइराला सुर्यमान लिम्बू, मिरुना मगर, सुशील शाह, मिलन बान्तवा राई, सृजना नेङ्गलेकू हुनुहुन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !