१३ बैशाख २०८१, बिहिबार

हलिउड मेकअप स्कुलको अन्तिम प्रतिस्पर्धामा सिर्जना


Srijana_artist

काठमाडौं,११ जेठ– विश्वभरीका मेकअप आर्टिस्टले भाग लिएको ‘हलिउड सिनेमा मेकअप स्कुल्स नेक्स्ट लेभल अफ कसप्लेमा’ छात्रवृत्तिका लागि प्रतिस्पर्धामा रहेकी नेपाली सिर्जना शाक्य अन्तिम पाँचमा पुगेकी छिन् ।

सो प्रतियोगिता छनौटमा परेमा उनले अमेरिकाको लस एन्जलमा हलिउड सिनेमा मेकअप स्कुलमा छात्रवृत्तिको अवसर पाउनेछिन् । अन्तिम २० जनाको प्रतिस्पर्धीलाई उछिनेर उनी टप फाइभका पर्न सफल भएकी हुन् । अहिलेसम्म नेपालबाट पहिला्ेपटक प्रतिस्पर्धामा छनौट भएकी सिर्जना सम्भवतः एसियाबाटै एक्लो प्रतिस्पर्धीका भएको दाबी गर्छिन् ।

काठमाडौं युनिभर्सिटिको फाइन आर्टमा स्नातक पुरा गरेकी सिर्जना यसपाली उक्त प्रतिस्पर्धा जित्ने दाउमा छिन् । अन्तिम फाइनल राउन्ड अनलाइन भोटिडका आधारमा एकजनाको छनौट हुनेछ । त्यसैले उनी अहिले धेरैभन्दा धेरै भोटिङ पाउन अनलाइन भोटिड अभियानमा जुटेकी छिन् ।

सिर्जना आफ्नो कलाको मार्फत विश्वसामु नेपाललाई चिनाउन लागिपरेकी छिन् । आफ्नो सानैदेखिको सपना पुरा गर्न सिर्जना लागिपरेकी छिन् । उनलाई छनौटका लागि भोटिड गर्न www.cinemamakeup.com/cosplay मा लग इन गरी भोटिङ तस्वीरमा क्लिक गर्नुपर्दछ । यसको लागि भोटिङ गर्ने व्यक्तिले आफ्नो फेसबुक लग इन गरी भेरीफिकेसन गर्नुपर्दछ । छनौटको अन्तिम भोटिङ समय शुक्रबारसम्म रहने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !