१३ बैशाख २०८१, बिहिबार

वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको निधन


मृत्यु

काठमाडौँ । वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गाैलासम्बन्धी उपचार गराइरहेका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवद्र्धनमा योगदान पुर्याएका थिए ।

भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हाँसिल गर्नुुभएका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान दिएका उनको सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुुव थापाले बताए ।

गोरखा दक्षिणबाहुु चौथोबाट विभूूषित पाटनका बासिनदा रञ्जितका श्रीमती र दुुई छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !