११ बैशाख २०८१, मंगलबार

होमवर्कमा आफै पिता आफै छोरा बने आर्यन


homework

आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘होमवर्क’ जेठ ७ गतेबाट रिलिज हुँदैछ, जीवनको जुनसुकै उमेरमा पनि होमवर्क गर्नुपर्ने बिषयलाई उठान गरेको छ । कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले दोहोरो भूमिका गर्दा केही अप्ठ्यारो भएको बताए । उनले बाबु र छोरा छिनछिनमै बन्नुपर्ने र त्यसका लागि गेटअप परिवर्तन गर्दा गाह्रो भएको बताए । तर, केही भएपनि रिजल्ट आइसकेको र प्रतिक्रिया राम्रो पाएकोमा उनले खुशी व्यक्त गरे ।

निर्देशक निरक पौडेलका अनुसार चलचित्र बनाउँदा खुबै मिहिनेत गरिएको थियो । जसको प्रतिफल पनि राम्रो आउनेमा निरक आशावादी छन् । कार्यक्रममा नायिका नम्रता श्रेष्ठ भने उपस्थित थिइनन् । ‘होमवर्क’ आर्यन र नम्रताकै यो बर्षको पहिलो रिलिज हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !