१३ बैशाख २०८१, बिहिबार

अनुष्टुभ् छन्द – रूपा


अनुष्टुभ् छन्द - रूपा

ॐ श्रीपरमात्मने नम: ।

रूपाजी रचना रच्छिन् प्रज्ञा पारेर पावन ।
रूपा़श्रीको प्रतिष्ठा होस रुक्मझैं दिव्य कन्चन ।।१।।

रूपाका कवितालाई मानौं दिल दिईकन ।
गरेर देशको सेवा भोगून् अनन्यजीवन ।।२।।

रूपाजीको गरी मान खोजौं अतुलसाधन ।
रूपाका प्रतिभालाई मानौं हामी गुनी धन ।।३।।

रूपाजी परमात्माको गर्दछिन् नित्य पूजन ।
गर्छिन् प्रणवको पूजा प्रत्यूषमा उठीकन ।।४।।

अवतार गुनी मानी जगाऊन् चारुचेतन ।
रूपाश्रीको गरून् रक्षा लक्ष्मीमाता जनार्दन ।।५।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !