७ बैशाख २०८१, शुक्रबार

अनुष्टुप् छन्द – सिद्धिचरण श्रेष्ठ


अनुष्टुप् छन्द - सिद्धिचरण श्रेष्ठ

ॐ श्रीपरमात्मने नम: ।

सिद्धिचरण हून् पूज्य कवि प्राज्ञ धुरन्धर ।
प्रज्ञा पावन पारेर रचे कृति मनोहर ।।१।।

प्रतिष्ठा देशको राखे भरी साहित्यसागर ।
कविका रचनालाई गरौं सधै समादर ।।२।।

कविका भावनालाई मान्छौ दिव्य प्रियड्.कर ।
कविजी कविता लेख्थे गरी अनन्य जाँगर ।। ३।।

जयन्ती कविको मानी पाऔ् अतुल चेतन ।
श्रेष्ठजीको गरून् रक्षा लक्ष्मी माता जनार्दन ।।४।।

महात्मा कवि हुन् मान्य ज्ञानका दीप्तदर्पण ।
गर्छौ गोपाल औ रीता कविमा भाव अर्पण ।।५।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !