८ बैशाख २०८१, शनिबार

अनुष्टुप् छन्द – स्व. कविराजेन्द्र


प्रा. राजेन्द्र सुवेदी

ॐ श्रीपरमात्मने नम : ।

थिए राजेन्द्रजी ज्ञानी कवि प्राज्ञ धुरन्धर ।
प्रज्ञा पुष्पित पारेर रचे काव्य प्रियड्.कर ।।१।।

प्रतिष्ठा देशको राखी भरे साहित्यसागर ।
कविका भावनालाई गरौं अनन्य आदर ।।२।।

कविका साधनाश्री छन् रामजस्तै मनोहर ।
कविजीका सिकी सीप पारौं जीवन उज्जर ।। ३।।

कविजीको गरौं मान श्रद्धा राखी सधैंभर ।
कविजीको गरून् रक्षा शैलजाशिवशड्.कर ।। ४।।

थिए राजेन्द्रजी मान्य ज्ञानका दीप्तदर्पण ।
रीतागोपाल अर्पन्छौं कविमा भाव अर्पण ।।५।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !