१२ बैशाख २०८१, बुधबार

अनुष्टुभ् छन्द – जन्मदिवस


अनुष्टुभ् छन्द - जन्मदिवस

ॐ श्रीपरमात्मने नम: ।

जन्मदिवस मानेर मनाऊन हरि सज्जन ।
जननीजनिताश्रीको गरून् अनन्य पूजन ।।१।।

जगदीश रिझाएर भोगून् अतुल जीवन ।
जनताको गरी मान खोजून सात्विक साधन ।।२।।

कथा र कविता लेखून् प्रज्ञा पारेर पावन ।
नेपालजनीश्री गरून् पूजा सुधी हुन ।।३।।

प्रतिष्ठा देशको राखून् दिव्य दिल दिईकन ।
प्रणवको गरी ध्यान बनाउन् मति कन्चन ।।४।।

जायाका साथमा जाऊन् हरि घुम्न तपोवन ।
हरिलाई दिऊन् ज्ञान संसारका तपोधन ।।५।।

पुर्खाका पूज्यतालाई गरून् सदैव चिन्तन ।
हरिजीको गरून् ऱक्षा कमलाश्री जनार्दन ।।६।।

जन्मदिन मनाएर पाऊन् प्रदीप्त कल्पना ।
रीता गोपाल अर्पन्छौ हरिमा शुभभावना ।।७।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !