७ बैशाख २०८१, शुक्रबार

अनुष्टुभ् छन्द – त्रिलोक


अनुष्टुभ् छन्द - त्रिलोक

ॐ श्रीपरनात्मने नम: ।

कथा र कविता लेखौं प्रज्ञा पारेर पावन ।
त्रिलोकको प्रतिष्ठा होस् अनन्य धन्य कन्चन ।।१।।

प्रणवको गरी ध्यान भोगून् जीवन्तजीवन ।
माताका ममतालाई गरून् सदैव पूजन ।। २ ।।

मातृवात्सल्य पाएर खोजून् अतुलसाधन ।
नगेन्द्रको गरून् माया दिव्य दिल दिईकन ।। ३।।

अवतार गुनी मानी जगाऊन् दीप्तचेतन ।
नेपालीजनीलाई चढाऊन् फूलचन्दन ।। ४।।

पत्नीका साथमा जाऊन् रमीकन तपोवन ।
त्रिलोकमा दिऊन् ज्ञान संसारका तपोधन ।।५।।

सदिच्छा उच्च राखेर बनून् अतीव सज्जन ।
त्रिलोकको गरून् ऱक्षा कमला श्रीजनार्दन ।।६।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !