१३ बैशाख २०८१, बिहिबार

छन्द – स्रग्विणी छन्द


छन्द - स्रग्विणी छन्द

ॐ श्रीपरमात्मने नम : !

छन्दमा लेख्तछन् लोकमा धीमती
छन्द विज्ञानका मिल्दछन् पद्धति ।
छन्दमा फुल्दछन् भावना औ मति
छन्दमा बग्दछिन् वन्दिता बाग्मती ।।१।।

छन्दको वन्दना गर्दछन् धीधर
छन्द हुन् सम्झना साधना सागर ।
छन्दको प्रार्थना गर्दछौं आदर
छन्दमा रम्दछन् शैलजाशड्.कर ।। २।।

छन्दमा जाग्दछन् जीवका जीवन
छन्द हुन् सद्गुणी सोमझैं कञ्चन ।
छन्द हुन् विश्वमा पुष्पझैं पावन
छन्दका दिव्य छन् शास्त्रमा वर्णन ।।३।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !