१३ बैशाख २०८१, बिहिबार

भीम रावलले ओलीलाई कविताबाट कटाक्ष : “फुटायौ तिमीले जुटेको पार्टी रुवायौ देशलाई”


भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कविताबाट कटाक्ष गरेका छन् । नेता रावलले कवितामा ओलीलाई इतिहासदेखि भविष्यको समेत ख्याल गर्न भनिएको छ ।

फुटायौ तिमीले जुटेको पार्टी रुवायौ देशलाई
भङ्ग नै गर्‍यौँ जनताको संस्था निरंकुश हुनलाई ।

बाँचा र बन्धन तोडेर हिँड्यौ, नैतिकता गुमायौ
गुर्वाचोव जस्तै घृणित बाटो किन हो समायौ ।

बिर्सेनी तिमीले इतिहास बोल्छ, फुटबाट चल्दैन
जनताको शिर संस्थाको झण्डा कदापी ढल्दैन ।

मनपरी तन्त्र टिक्दैन् कुनै, प्रमाणित तथ्य छ
पतन तिम्रो अवश्यम् भावी यहीँ नै सत्य छ ।

जनतालाई ढाट्ने, देशलाई भाड्ने धार के हो खड्गको
जनताको मतलाई अपमान किन नैतिकता कहाँ गो ।

सामान्त तिम्रो खोपिमा पुग्छ अध्यारी रातमा
कमरेडलाई पनि शत्रु झै ठान्छौँ राख्दैनौँ साथमा ।

नठान यहाँ देश भक्त पंक्ति झुकेर बस्ने छ
प्रगतितर्फ बढेका पाइला खल्डोमा खस्ने छ ।

घमण्डसँगै पाखण्ड तिम्रो नष्ट भै जाने छ
समाजवादसँगै सत्य र न्याय विजय हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !