१३ बैशाख २०८१, बिहिबार

कविता – रश्मि


गोपालप्रसाद भण्डारी

रश्मिका रश्मिमा शान्ति सौभाग्य छन्
रश्मिका रीतिमा फूल राम्रा फुलून्
रश्मिका रम्यता दिव्यता पूज्य छन्
रश्मिका रश्मिमा जिन्दगी जाग्दछन् ।।१।।

रश्मिका रश्मि हुन् जीवका जीवन
रश्मिका रश्मि छन् विश्वमा पावन ।
रश्मिका रश्मि हुन् जिन्दगीका धन
रश्मिजी पार्दछिन् चन्द्रजस्तै मन ।।२।।

रश्मिका रश्मि हुन् प्रेमका मन्दिर
रश्मिका रश्मि छन् लोकमा सुन्दर ।
रश्मिका रश्मिको गर्दछौं आदर
रश्मिका रश्मि हुन् स्नेहका सागर ।।३।।

रश़्मिका रश्मिले कामना फैलिए
रश्मिका रश्मिले भावना मौलिए ।
रश्मिका रश्मिले चाहना चम्किए
रश्मिका रश्मिले साधना सप्रिए ।।४।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !