१३ बैशाख २०८१, बिहिबार

‘मुन्द्रेको कमेडी क्लब’ मा दीपाश्री आउट, करिश्माको इन्ट्री


'मुन्द्रेको कमेडी क्लब' मा दीपाश्री आउट, करिश्माको इन्ट्री CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौँ, असोज १८ । नेपालको चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा अध्यक्षता ग्रहण गर्न दीपाश्री निरौलाको ठाउँमा करिश्मा मानन्धर आउने भएकी छिन् । कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी निरौलालाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई ल्याइने भएको हो ।

केही समय अगाडी मात्रै दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसकिने अभिब्यक्ति दिएपछि उनी चर्को विबादमा तानिएकी थिइन् । कैयौँ दर्शकहरुले दीपाश्रीको फिल्म नै बहिष्कार गर्नेसम्म चेतावनी दिएपछि केही झस्किएकी उनका कारण मुन्द्रेको शोमा पनि प्रभाव पर्ने भन्दै उनलाई मुन्द्रेको कमेडी क्लबबाट हटाइएको हुन सक्ने अनुमान गरिएको छ ।

मुन्द्रेको कमेडी क्लबबाट हटाइएपछि दिपाश्रीले सामाजिक संजाल मार्फत दोस्रो सिजनमा कार्यक्रममा धेरै परिवर्तन भएको भन्दै यस्तो प्रतिक्रिया दिएकी छिन् । सामाजिक संजाल फेसबुकमा एउटा भावुक स्टाटस् लेख्दै उनले मुन्द्रेको कमेडी क्लवको आगामी आउन लागेको दोस्रो शोमा आफूले अध्यक्षता ग्रहण नगर्ने संकेत गरेकी छिन् ।

कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै स्थगन गरिएको हाँस्य कलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लब पुन: सुचारु हुने भएको छ । निषेधाज्ञा खुकुलाे भएसँगै पुन: सुरू हुने भएको हो । कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो ।

लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’ भनिएको छ । पहिलो सिजन भन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताएका छन् । सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८:४५ मा प्रसारण हुनेछ।

जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन् । नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ । पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो भने अव भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन हुने भएको छ । हालसम्म ४ भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन् ।

यो पनि पढ्नुहोस्

राजेशसँग दीपाको विवादपछि मुन्द्रेको कमेडी क्लवमा दीपाको ठाउँमा नयाँ अध्यक्ष आउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !