७ बैशाख २०८१, शुक्रबार

गजल


सरोज मरासिनी

सपना बोकी शहर आइयो, नगर गामका कुरा,
गास वास कपासकै पिर छ, नगर नामका कुरा।

आज खायो भरे भोलि के खाउँ, रुन्छन कलिला मन,
दुई छाक पेट पाल्नै छ गार्हो, नगर दामका कुरा।

हात खुट्टा खियाउछु भनी, कता कता धाउनु साथी,
धेरै भो आश्वासन नै अब त, नगर कामका कुरा।

शितल दिने चौपारी पनि, खोज्नलाइ छ कति गार्हो,
जुनले नै त पोल्छ आजकल, नगर घामका कुरा।

दुनिया सबै स्वार्थमा भन्छन, चल्ने रैछ यसै गरि,
पाइला पाइला छुरा हान्छन, नगर रामका कुरा।

*सरोज मरासिनी साहित्यकार हुन् ।

यो पनि पढ्नुहोस् 

कथा – लकडाउन खुल्दा

कथा – अमेरिका यात्रा

कविता – स्थानीय तहको अधिकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !