११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीलाई पत्र : राष्ट्रमा चढाऊँ कर्म


प्रधानमन्त्रीलाई पत्र : राष्ट्रमा चढाऊँ कर्म

मनका भाव जति खन्याइ हरपल, साहित्य कर्म गरौँ !
दिलका हर शुभ भावले मनभरी खुशी अनेकौ छरौँ !!१

हिमाली बनका ती पूष्पहरुको सुवास चोरीकन् !
शब्दैमा मनको असलपन भरी पोखौ धरामा मन् !!२

यो साहित्य समाजको सुरिलो वृक्ष पिपलको बनोस् !
हाँगामा यसका ऋचा सगर झैँ वेदका ध्वनी झैँ बसोस् !!३

मेरो देश हिमाल पर्वत जहाँ हिउँमा हिरा फल्दछन् !
पानीका कणमा अमुल्य पनका मोतीहरु फल्दछन् !!४

देशका हर मृत्तिका जीवन्त अति छन, उर्वर बनेका कति !
अन्नैको कणमा छ मानव जीवन प्राणै भरेको जति !!५

युवा शक्ति कति अमुल्य धन हो यो देशलाई बुझ !
देशका यी हर भाग सुरम्य पनले समृद्द देखौँ जव !!६

यो मेरो मनका शुभाशुभ सबै देशको विकास खातिर !
अर्पण गर्न सकौ हरेक तरहका कर्म बनाइ दीपक !!७

घामका दिव्य किरण जसै जगमग पारौँ म यो भूमिलाई !
चन्द्रैका मनका सुवासित किरण रोपौ म यो दिललाई !!८

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – फर्किए देशमा युवा

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !