१२ बैशाख २०८१, बुधबार

प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण


प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा-प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा प्रतिष्ठानले निर्माण गरी कार्यान्वयनमा ल्याइएको नेपाली बृहत् शब्दकोशको मोबाइल एप पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !