, ‘पीआरवाली’ अनिताले ल्याइन् तीजको धमाकेदार नयाँ गीत, बले र ट्विनी गर्ल्सको बबाल डान्स

‘पीआरवाली’ अनिताले ल्याइन् तीजको धमाकेदार नयाँ गीत, बले र ट्विनी गर्ल्सको बबाल डान्स

अनिताको तीजको ‘यस्तो बनोस् मेरो तीज’को मौलिक गीतको धमाकेदार भिडियो सार्वजनिक

काठमाडौँ, असार २४ । चर्चित गायिका तथा संचारकर्मी अनिता चलाउनेको तीजको धमाकेदार नयाँ गीत सार्वजनिक भएको छ । हरेक बर्ष जस्तै यसपटक पनि उनले तीजको गीत आज सार्वजनिक गरेकी हुन् । ‘यस्तो बनोस् मेरो तीज’ गीतको आज सार्वजनिक गरिएको हो ।

गीतमा बिपिन किरणको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ । यसमा अनिता चलाउनेको समधुर स्वर रहेको छ । गीतमा गायिका समिक्षा अधिकारी र बेनिशा पौडेलको कोरस गायन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित जुम्ल्याहा दिदिबहिनी (ट्विनी गर्ल्स) प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा र हास्य कलाकार सागर लम्साल ‘बले’ले अभिनय गरेका छन् ।

‘छ न त विदेशको पीआर छ…’ बोलको हिट गीतबाट चर्चा कमाएकी गायिका अनिताले नयाँ तीजको गीत ‘यस्तो बनोस मेरो तीज’ बोलको गीत उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनेको छ । गीतका शब्द तथा संगीत र भिडियो पनि मौलिक हिसाबको छ । यो गीतले तीज गीतको नाममा आइरहेका भड्किला गीत भन्दा फरक र तीजको वास्तविक मर्म झल्काउँछ ।

युट्युवमा सार्वजनिक गरेको ८ घण्टामा नै यस गीतको भिडियोलाई १ लाख ६० हजार भन्दा बढीले हेरिसकेका छन् र दर्शकहरुले एकदम सकारात्मक प्रतिक्रिया जनाई रहेका छन् । अनिताको यो ‘यस्तो बनोस् मेरो तीज’ गीत यस बर्षकै उत्कृष्ट तीजको गीत हुने विश्लेषण गर्न सकिन्छ ।

यस्तो छ भिडियो हेर्नुहोस्