, आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

विराटनगर, २३ पुस । कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताउनुभएको छ । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार यहाँ आयोजित आगामी राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए ।

उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुुमा संशोधन तथा थप गर्नुुपर्ने सुुझाव दिएका थिए । यसपटकको गणनामा २५ लाख घरपरिवारमा प्रत्यक्ष सम्पर्क गरी दुई लाख ५० हजार तथ्याङ्क सङ्कलन गरिने लक्ष्य रहेको छ । हिमाल तथा पहाडमा चारआना तथा तराईमा आठ धुर जग्गा हुनेसम्मको तथ्याङ्क सङ्कलन गरिने कार्यक्रममा जानकारी दिइयो ।

एक गाईभैँसी, पाँच भेडाबाख्रा र २० कुखरापालनलाई समेत गणनामा समावेश गरिने भएको छ । प्रदेश नं १ का प्रदेश योजना आयोग उपाध्यक्ष सुुवोधराज प्याकुुरेलले राज्यको साधनको उचित प्रयोग र बजेट विनियोजनमा कृषि गणना फलदायी हुुने बताउनुुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सन्दीपकुुमार राई तथा पशुुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक लेखराज दाहालले गणनालाई विश्वसनीय बनाउन प्राप्त सुझाव समेट्नुपर्नेमा जोड दिनुभयो । विगतमा जिल्लामा तल कृषि तथ्याङ्क नभएको अवस्था आगामी कृषि गणनामा ७५३ स्थानीय तहको उपयोगी कृषक र कृषिको अवस्थाबारे सही तथ्याङ्क लिने विभागका निर्देशक बद्री कार्कीले बताउनुुभयो ।

विभागका अर्का निर्देशक डा महेश सुवेदीले महिलाको नामकोे जग्गा, कृषि बीमा तथा अनुुदान, कृषिमा जलवायुु परिवर्तनको असर, बालीमा विषादीको प्रयोग, सरकारी सेवा–सुुविधामा कृषकको पहुँुच आदि विषय गणनामा समेटिने छ भन्नुभयो ।

राष्ट्रिय जनगणना विस २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदैछ । यसको छ महिनापछि राष्ट्रिय कृषि गणना हुुने कार्यक्रममा जानकारी गराइयो । नेपालमा पहिलो कृषि गणना विसं २०१८ मा भएको थियो ।