८ बैशाख २०८१, शनिबार

नेपाल अब कृषिप्रधान देश रहेन


चिनियाँ प्याज
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामी नेपाली गरीब होइनौं धनी छौं, अरूको उत्पादनमा रमाउछौं । न स्वयम् गर्छौं नत अरूलाई गर्न नै प्रेरणा दिन सक्छौं । जाबो एउटा प्याजसम्म पनि विदेशी उत्पादन खान्छौं । नेपाल अब कृषिप्रधान देश रहेन । यहाँ न सरकारले उदाहरण पेश गर्न सक्छ नत जनताले नै हेर्दा दिक्क लागेर आउछ ।

देशको विकासमा पहिलो उदाहरण सरकारले नागरिकलाई दिन सक्नुपर्छ र मात्र नागरिकले देखेर केहि गर्ने हौसला प्राप्त हुन सक्छ । आज नेपालमा उद्योग स्थापना हुन्छ त्यसमा राजनीति युनियन घुसाएर बन्द गराईएको हुन्छ । नत राज्यमा उद्योग लगाउन तर्फ नेतृत्वकै ध्यान पुग्न सकेको छ ।

देशले डलर भित्र्याउनुको सट्टा बाहिर पठाउने काममा ध्यान दिने काम गरेको देखिन्छ । यस्तो पाराले के देशमा परिवर्तन सम्भव छ ? जहाँ बुद्धिजीवी बढी हुन्छन् त्यहाँ विकासको गति कम हुन्छ । यसको ठोस् कारण हो गफको खेती बढी हुनु । नेपालको लागि गफ होइन कामको खाचो आवश्यक छ ।

हामीले बजारका तरकारी पसलको अनुगमन गरेका थियौं । अनुगमनको क्रममा Green Zone Vegetable Market मध्ये विन्दु नगरपालिकामा अवस्थित छ त्यहाँ राखिएको चाइनाबाट आउनेमा लसुन, प्याज र भारतबाट आएका अधिकांश तरकारीबारे समिक्षा गरेका थियौं । उहाँको भनाइमा हाम्रो देशमा उत्पादन गरेका तरकारीले बजार पाउन सकेको छैन भन्ने गुनासो गर्नु भएको थियो ।

आखिर सरकारले किन यसतर्फ ध्यान दिन सकेको छैन । सस्तो मुल्यमा खरिद गरेर महंगोमा बेच्ने परम्पराको अन्त गर्दै कृषकको पसिनाको मुल्य सरकारले तोकेर बजारमा नेपाली उत्पादनले बजार पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । यदि यसरी सरकारले गर्छ भने कृषकले मेहनत अबश्य गर्नेछन् भन्ने हामीलाई लागेको छ ।

स्वास्थ्यको दृष्टिकोणले लोकल प्याज महत्वपुर्ण छ तर यहाँ नेपालीले विदेशी प्याज खान बाध्य पारिएको देखिन्छ । के नेपालमा पानी छैन के नेपालमा खेती योग्य जमिन छैन । यदि छ भने सरकारले खेर गएको पानीको सदुपयोग गर्दै नहर कि योजना सुरु गर्नेतर्फ किन ध्यान दिन सकेको छैन ।

हिजो बाटो-घाटो बनाउन समेत विदेशी ऋण लिनुपर्ने थिएन तर आज सवै काम विदेशीको ऋणमा गरिएको छ । देशले ऋणबाट कहिलेसम्म धान्न सक्छ । देशमा नेतृत्व उत्पादन गर्ने तर विकासतर्फ कुनै चासो नदेखाउदा विकास उभो गति भन्दा उधो गतिमा लागेको वर्तमान अवस्थाले देखाएको छ । सबैले विकासतर्फ ध्यान दिनुपर्ने समय आएको छ ।

यो पनि पढनुहोस्

चिसोले गर्दा हुने दमको उपयोगी घरेलु औषधी

स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !