८ बैशाख २०८१, शनिबार

कृषक समूहलाई हाते ट्याक्टर


hate-tactor

२२ माघ, खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मकै जोन)को कार्यालय खोटाङले जिल्लाका अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा आधुनिकीकरण गर्नका लागि परियोजनाले सोमबार १५ हाते ट्याक्टर प्रदान गरेको हो ।

प्रोत्साहन अनुदानअन्तर्गत नौ कृषक समूहलाई शतप्रतिशत अनुदानमा र व्यावसायिक रूपमा कृषि पेशा अपनाइरहेका छ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा जमीन जोत्ने हाते ट्याक्टर वितरण गरिएको कार्यालयका निमित्त कृषि विकास अधिकृत ध्रुवकुमार कार्कीले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फूलबारी कृषक, हरियाली आयआर्जन कृषक, हातेमालो कृषि सहकारी संस्था, पिप्ले दिक्तेलबारी कृषक, पञ्च मावि माझटोल कृषक, खाल्लेस्थित नवजागरण तरकारी कृषक, नयाँ पहिचान कृषक, सक्रिय कृषक र सूर्यमुखी मकै बीउ उत्पादन कृषक समूहलाई शतप्रतिशत अनुदानमा प्रतिगोटा रु ८० हजार मूल्य पर्ने एक÷एक थान हाते ट्याक्टर प्रदान गरिएको परियोजनाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिगोटा छ हाते ट्याक्टर वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दीपेन्द्र राईले बताउनुभयो । परियोजनाले ५० प्रतिशत अनुदानमै सात मकै छोडाउने औजारसमेत प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले कृषक तथा कृषि समूहलाई हाते ट्याक्टर तथा मकै छोडाउने औजार प्रदान गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामा परियोजना सञ्चालन भएको छ ।

पर्यटन प्रवद्र्धन गर्न साइकलयात्रा

धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले खोटाङका एक युवाले साइकलयात्रा गर्ने तयारी गरेका छन् । त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँलगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका साथै पर्यटन प्रवद्र्धन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले देशव्यापी साइकल यात्रा गर्ने तयारी गर्नुभएको हो ।

साइकल यात्राका लागि अहिले जिल्लाका दश स्थानीय तहमा रहेको धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन भइरहेको श्रेष्ठले बताउनुभयो । जन्तेढुङ्गा, धिप्लुङ झरना, इन्द्रेणीपोखरी, सोलढुङ्गा, भगवती मन्दिर, महुरेगढी, केपिलासगढी, सिंहदेवी, लौरेडाँडा, चिलिमढुङ्गा, बाहनेपोखरी, सिद्धेश्वर महादेवगुफालगायत धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि श्रेष्ठले ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने तयारी गर्नुभएको हो ।
अध्ययन सक्नासाथ यही माघभित्रैबाट देशव्यापी साइकल यात्रा शुरु गर्ने सोच बनाएको श्रेष्ठले बताउनुभयो । आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचारविरुद्ध समेत हुने श्रेष्ठले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !