स्याउ खेती गर्ने तरिका Nepalpatra स्याउ खेती गर्ने तरिका
२३ मंसिर २०७८, बिहिबार

स्याउ खेती गर्ने तरिका


apple

स्याउ खानुका स्वास्थ्य फाइदाहरू अनगिन्ती छन्। स्वस्थ फाइबर, भिटामीन अनि कार्बोहाइड्रेटले भरिएको स्याउ दैनिक सेवन गर्न विश्वका सबै चिकित्सकहरू सल्लाह दिन्छन्। भोक लागेको बेलामा पनि स्याउ खाँदा केहि बेरको लागि भएपनि भोकलाई टाढा राख्दछ। तथापी, सबै खानेकुराजस्तै स्याउ पनि धेरै खाएमा फाइदा भन्दा बेफाइदा गर्ने चिकित्सकहरू बताउँछन् ।  स्याउ खेती गर्दा अपनाउनुपर्ने केहि कुराहरु :

स्याउ खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

स्याउ खेतीको लागी साधारणतया १५०० देखि २००० मिटर सम्मको उचाई भएको स्थानको लागी उत्तर पूर्वी मोहडा र सो भन्दा माथीको उचाई भएको स्थानमा दक्षिण पश्चिमी मोहडा स्याउ खेतीको लागी उपयुक्त हुन्छ ।

स्याउको लागी आवश्यक तापक्रम के हुनु पर्छ?

स्याउको राम्रो उत्पादन लिनको लागी १००० देखि १५०० चिलिङ घण्टा ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम आवश्यक पर्दछ । नेपालमा यो अवस्था आजकलको हिसाबले समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाईमा मात्र उपलब्ध छ ।

स्याउको वृद्धि विकासको लागी के कती तापक्रम हुनु पर्छ?

स्याउको सक्रिय बृद्धि विकास भईरहेको समयमा औसत तापक्रम २१ डिग्री देखि २४ डिग्री सेल्सियसको आवश्यकता पर्दछ ।

स्याउको फुलफुलेको अवस्थामा कस्तो हावापानीले नकारत्मक असर पार्दछ?

स्याउको फूलफुलेको अवस्थामा कम तापक्रममा बर्षा, हिमपात र बदली भईरहेमा परसेंचन प्रक्रियालाई निकै बाधा पुर्याउने हुदाँ अर्को बर्षको लागी फल उत्पादन फूल फुलेको तुलनामा एकदमै घटाउछ ।

स्याउ फलको बृद्धि विकास भई रहेको समयमा कस्तो बातावरण चाहिन्छ?

स्याउको फलको बृद्धि विकास भई रहेको समयमा (जेष्ठ देखि भर्दौ) प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ । फलमा जात अनुसार रङ्ग आउनको लागी चर्को घामको आवश्कता पर्दछ । यो समयमा घाम नलाग्ने स्थानहरुमा गुणस्तरीय स्याउ उत्पादनको अपेक्षा नगरे हुन्छ ।

स्याउ उत्पादनको लागी बर्षाको (पानी पर्ने) अवस्था कस्तो हुनु पर्छ?

स्याउको फूल फुल्ने समयमा असिना र तुसारो पर्नु हुदैन। स्याउको राम्रो गुणस्तरीय फल उत्पादनको लागी बार्षिक २०० देखि २५० मिलि मिटर बर्षा उपयुक्त हुन्छ तर बर्षा बुद्धि विकास हुने समय चैत देखि भदौ सम्म बराबर हिसाहबले पर्नु पर्दछ । स्याउको वोटहरुलाई बृद्धि विकासको समयमा सुख्खा पटक्कै हुनु हुदैन ।

स्याउ खेतीको लागी कस्तो माटो चाहिन्छ?

स्याउ खेतीको लागी दोमट माटो प्राङगारिक पर्दाथले प्रचुर भएको र पि.एच ५.५ देखि ६.५ प्राकृतिक जल निकास भएको, माटोमा हावाको संचार भएकोलाई उपयूक्त मानिन्छ ।

स्याउका कम चिसो चाहिने जातहरु कुन-२ हुन्?

स्याउका कम चिसो चाहिने जातहरु अन्ना र भेरड हुन् ।

स्याउका मध्य चिसो चाहिने जातहरु कुन-२ हुन् ?

स्याउका मध्य चिसो चाहिने जातहरु कडजा र क्रिस्पीन हुन ।

स्याउका धेरै चिसो चाहिने जातहरु कुन हुन् ?

स्याउका धेरै चिसो चाहिने जातहरुः- सबै डिलिसियस जातहरु, विनौनी, मेकान्तोस, फुजी, ग्रेनीस्मीथ र जुना गोल्ड आदी छन् ।

स्याउ खेती गरिएको बगैचामा कति स्याउ वोटको लागी कति मौरीको घार राख्नु पर्छ?

स्याउ खेती गरिएको बगैचामा प्रती १०० स्याउका बोट भएका बगैचाहरुका लागी १ घार मौरीको व्यवस्थापन प्राविधीक हिसाबले सिफारिस गरिएको छ ।

स्याउ बगैचा लगाउदा के कस्ता निर्णय गर्नु पर्छ?

स्याउ बगैचा स्थापना गर्नु भन्दा अगाडी लगाउने स्याउको जातको छनौट, कुन जातको विजु विरुवामा कलमी गरिएको हो, जात अनुसार आवश्यक पर्ने हावापानी, विरुवा रोप्ने प्रक्रिया, लगाउने जात, लगाउने दुरी, परसेचित (Polinizer variety) जातको छनौट र लगाउने अनुपात आदी सम्बन्धमा उचित निर्णय लिनु पर्दछ ।

स्याउको बोटले कहिले सम्म उत्पादन दिन्छ ?

एउटा स्वस्थ्य स्याउको वोटले व्यावसायिक उत्पादन ५० बर्ष सम्म दिन सक्ने अनुमान गरिएको छ ।

स्याउ बगैचा स्थापनाको लागी रेखाकण कसरी गर्ने?

स्याउ बगैचा स्थापनाको लागी समथर भुभागमा षटकोणाकार र बर्गाकार तरिकावाट र पहाडी भिरालोमा गह्रा (Contour) तरिकावाट रेखाकंन गर्नु पर्दछ।

स्याउ विरुवा रोप्नलाई खाडलको अकार कस्तो हुनु पर्दछ?

स्याउ विरुवा रोप्ने खाडलको लम्वाई, चौडाई र गहीराई क्रमशः १x१x१ मिटरको हुनु पर्दछ ।

स्याउको छिटो र बढि उत्पादन लिन कुन प्रविधीले स्याउ खेती गर्नु पर्छ?

स्याउको छिटो र बढि उत्पादन लिनलाई सघन स्याउ खेती अपनाउनु पर्छ ।

स्याउमा राम्रो फल लाग्नको लागी के कती तापक्रम राम्रो हुन्छ?

स्याउको फूल फुल्ने समय चैत-बैशाख महिनाको औसत न्युनतम र अधिकम तापक्रम क्रमशः १० डिग्री र २० डिग्री सेलसीयस भएको अवस्थामा राम्रोसँग फल लागेको (Fruit Set) पाईएको छ ।

स्याउको फूलफूल्ने समयमा बर्षा र आद्रता कती हुन पर्छ?

स्याउको फूलफूल्ने समयमा हल्का बर्षा र १०० प्रतिशत भन्दा कम आद्रता रहेमा राम्रो फल लागी स्याउ उत्पादनमा समेत वृद्धि भएको पाइन्छ ।

स्याउ बगैचाको उपयुक्त सिंचाई प्रणाली कुन हो?

स्याउ बगैचामा आधुनिक सिंचाईको प्रविधी थोपा सिंचाई (Drip Irrigation) उपयुक्त भएको कुरा संसार भर प्रमाणीत भई सकेको छ ।

स्याउ बगैचामा कस्तो अन्तरवालीको छनौट गर्नु पर्छ?

स्याउ बगैचामा अन्तरवालीको रुपमा खेती गर्न योजनाबद्ध तरिकाले बगैचा धनिलाई आर्थिक हिसावले फाईदा हुने र बगैचामा भएको स्याउका वोटहरुलाई रोग किराको प्रकोप नहुने वातावरण बन्ने हिसाबले लगाउने बालीको छनौट गरिनु पर्दछ ।

स्याउ बगैचामा कस्ता वालीहरु लगाउनु पर्छ?

स्याउ बगैचामा भुईकाफल (Strawberry), रायो, झाड, सिमि (Bush Bean), होचा जातका केराउ, अर्केल, काउली, बन्दा, जुकिनी फर्सी, सलगम, मुला, गाजर, रायो, प्याज, लसुन, धनिया, पालुङ्गो, मेथी जस्ता वालीहरु लगाउनु पर्छ ।

कस्तो जग्गाको लागी सफासुग्घर खेती राम्रो हुन्छ?

सफासुग्घर खेती (Clean Cultivation) पहाडी भिरालो १०% भन्दा कम भएको स्थानहरु उपयुक्त हुन्छ ।

स्याउ बगैचामा मलखाद कहिले प्रयोग गर्ने?

स्याउ बगैचामा गोबर वा कम्पोष्ट मल, डि.ए.पी र पोटास वोटको उमेर अनुसार मंसिर र पौष महिनामा समथर जमिनमा वोटको हांगा फैलिएको भागको मुनीतिर चारै तर्फ वरावर पुग्ने गरेर छर्ने र माटोसगँ खनेर मिसाउने र भिरालो स्थानहरुमा वोटको वरीपरी औठी आकारमा कुलेसो बनाई सबै मल मिसाएर चारै तर्फ बराबर हुने गरी मल दिनु पर्छ ।

स्याउ वोटको तालिम (Training) किन र कहिले गर्नु पर्छ?

स्याउको वोटको आकार प्रकार मिलाउन र सोही अनुसार स्याउको वोटलाई व्यवस्थीत गर्न हरेक बर्ष कांटछांट गर्नु पर्छ ।

स्याउको विरुवा कती दुरीमा रोप्ने?

स्याउको विरुवा रोप्ने दुरी मुख्यतया रोपिने जात, कलमी गर्दा प्रयोग भएको विज विरुवा (Root Stock) को किसिम, माटोको उर्बरा शक्ति र उपलब्ध हावापानीमा निर्भर गर्दछ ।

स्याउ विरुवा रोप्न कहिले खाडल खन्नु पर्छ?

अर्को बर्ष स्याउका विरुवा रोप्नको लागी अघिल्लो बर्षको चैत र बैशाखमा खाडल खनि आवश्यक तयारी गर्नु पर्दछ ।

स्याउ विरुवा रोप्नलाई खाडल कस्तो खन्नु पर्छ?

स्याउ विरुवा रोप्नलाई खाडलको लम्बाई, चौडाई र गहिराई १x१x१ घन मिटरको हुनु पर्दछ ।

स्याउ विरुवाको कांटछांट कहिले गर्ने?

उत्पादन दिई रहेको बगैचामा बानस्पतिक बृद्धि (Vegetative Growth) र फल उत्पादनलाई तुलानात्मक हिसाबले बराबर गर्न हरेक बर्ष कांटछांट गर्ने गरिन्छ ।

स्याउलाई पत्ल्याउदाँ प्रति झुप्पा कती फल राख्नु राम्रो हुन्छ?

गुणस्तरीय स्याउ फल उत्पादन गर्न एक वा दुई फल प्रति झुप्पा प्राविधिक हिसाबले राम्रो मानिन्छ ।

स्याउको राम्रो उत्पादन लिनलाई फल र पातका अनुपात के हुनु पर्छ?

उच्च गुणस्तरीय फल उत्पादन गर्न साधारणतया २० देखि ४० पात प्रति फलको लागी सिफारिस गरिएको छ ।

स्याउको फल झर्न रोक्न के गर्नु पर्छ?

स्याउको फल झर्न रोकनका लागी २,४-D (Dichloraprop) ५ एम.एल. प्रति लिटर पानीमा मिलाएर फल झर्ने समय भन्दा २० देखि २५ दिन अगाडी छरेमा पुर्ण रुपले झर्न रोक्न सकिन्छ ।

स्याउमा परागसेचनको लागी कति जग्गाको लागी कति मौरीघार राख्नु पर्छ?

राम्रो परागसेचनको लागी किराहरुको क्रियाकलाप धेरै हुनु पर्दछ । यसैले १ हेक्टर बगैचाको लागी ६ देखि ८ वटा मौरीघार राखेको हुनु पर्दछ । मौरी द्वारा परागसेचन हुनको लागी २१ देखि २६ डिग्री सेल्सीयस तापक्रमको आवश्यकता पर्दछ ।

स्याउको फल कहिले टिप्नु राम्रो हुन्छ?

स्याउको फल पाकनासाथ टिप्नु पर्दछ ।

स्याउको फल के कति दिनमा तयार हुन्छ?

स्याउको फल पुर्ण फूल फुलेको दिन देखि गन्ती गरेर निर्क्योल गर्न सकिन्छ । जस्तै रेड डिलिसियस ११३ दिन देखि १३९ दिनमा पाक्दछ भने गोल्डेन डिलिसियस १४८ दिन देखि १५४ दिनमा पाक्दछ । रोयल डिलिसियस ११५ देखि १२०, ग्रेनी स्मीथ १७६ देखि १८२ दिनमा पाक्दछ ।

उत्पादित स्याउको भण्डारण कसरी गर्ने?

स्याउ फललाई काठ वा बांसवाट निर्मित प्याक, प्लास्टीक क्रेट वा काठको (३०x३०x४५ से.मी.) बाक्साहरुमा भण्डारण गर्न सकिन्छ । भण्डारणको तापक्रम ७ देखि ९० से.ग्रे. र आद्रता ८५ देखि ९० प्रतिशत भयो भने भण्डारणमा स्याउफलको आयु बड्दछ ।

स्याउमा लाग्ने किराहरु के के छन्?

स्याउमा लाग्ने किराहरु भूवादार लाही, गवारो, कतले किरा, पाल बनाउने लाभे्र र रातो सुलसुले मूखय हुन .

स्याउमा लाग्ने किराहरु नियन्त्रण गर्न के गर्ने?

स्याउमा लाग्ने किराहरु नियन्त्रण गर्न जाडो याममा कार्बोफयूरान बोटको उमेर अनुसार १० देखि ३० ग्राम प्रति बोटको हिसाबले फेदको वरिपरी माटो मुनि पर्ने गरि प्रयोग गरि सिचाई गरि दिने, किरा लागेको नर्सरी बोटहरुलाई इमिलाकोलपीट ०.५ मि.लि.प्रति लिटर पानीको मिश्रणले उपचार गर्ने र परजिबी किरा एफिलिनस मालीको चैत्र बैसाख तिर प्रयोग गर्ने.

स्याउमा लाग्ने रोगहरु के के हुन?

स्याउमा लाग्ने रोगहरु क्राउन गल, दाद, धुले ढुसीरखराने, गुलाबी रोग र बोक्रा खुईलिने मुख्य रोगहरु हुन .

स्याउमा लाग्ने रोगहरुको नियन्त्रण गर्ने उपाय के के हुन?

स्याउमा लाग्ने रोगहरुको नियन्त्रण गर्न रोग थाहा भएको क्षेत्रमा स्याउको बिरुवा नलगाउने, रोग देखा परेका बिरुवाहरुलाई नष्ट गर्ने, बगैंचामा काम गर्दा सकभर बिरुवामा घाउ, चोट नलाग्ने गरि काम गर्ने, रोग नलागेको क्षेत्रमा मात्र नर्सरी तैयार गर्ने, बिरुवा लगाइएको ठांउमा पानी जम्न नदिने, बगैचा सफा राख्ने र मेन्कोजेब ७५ प्रतिशत डब्लु पि २ ग्राम प्रति लिटर पानीमा घोलेर कोपिलाको झुपाहरु हरियो बनेका अवस्थामा, फूल फुल्न अगाडी र फूलको पातहरु झरे पछी फलको चिचिल्लो अवस्थासम्म १० देखि ११ दिनको फरकमा छर्ने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !