७ बैशाख २०८१, शुक्रबार

औरही गाउँपालिका कार्यालयबाट किसानले लुटे गहुँको बीउ


gahu

काठमाडौं । सिरहा औरही गाउँपालिकावाट त्यहाँका किसानले गहुँको बीउ लुटेर लगेका छन् । स्रोतका अनुसार गाउँपालिकामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेर लगेका छन् ।

स्रोतका अनुसार लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरू लुटेर लगेका हुन् ।

बिहानैदेखि लाइन बसेका किसानहरूले कार्यालय समय हुँदा पनि कर्मचारीहरु नआएपछि गहुँको बीउ लुटेर लगेको स्रोतले बतायो । स्रोतका अनुसार किसानले साढे तीन सय बोरा लुटेर लगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !