१३ बैशाख २०८१, बिहिबार

पूर्वमन्त्रीले भनिन्- कृषिबाटै अर्थतन्त्र बलियो बनाउन सकिन्छ


पद्याकुमारी अर्याल

स्याङ्जा । पूर्वमन्त्री पद्माकुमारी अर्यालले कृषिबाटै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएकी छन् । वालिङ नगरपालिका–२ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी संस्थाले गरेको बाख्रा पवद्र्धन कार्यक्रममा हिजो पूर्वमन्त्री अर्यालले कृषिमा आधुनिकीकरण गर्दै व्यावसायिक कृषि कर्म गरेमा कृषकसँगै देशको अर्थतन्त्र माथि उठाउन सकिने बताइन् ।

उनले सबै वडा कृषि उपजमा आत्मनिर्भर बनाउन आफू कृषिमन्त्री हुँदा थुप्रै कार्यक्रम ल्याएको र ती कार्यक्रमलाई निरन्तरता दिनसके किसानको आयआर्जनमा वृद्धि हुने बताइन् ।

दूध, अण्डा, मासु र तरकारीजन्य वस्तु मात्र अर्बौँको आयात हुने गरेको अवस्थामा समूहमार्फत व्यावसायिक कृषि गर्दै आयातलाई रोक्नु अहिलेको आवश्यकता रहेको पूर्वमन्त्री अर्यालको भनाइ थियो । कृषकले माटो सुहाउँदो फलफूल तथा तरकारी नलगाएकै कारण कृषकको आम्दानीमा कमी आएको उनले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !