८ बैशाख २०८१, शनिबार

दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल


Jofj;flos ?kdf ul/Psf] uf]ne]+8f v]tL ag]kf, ! ;fpg M sfe|]knf~rf]ssf] gdf]a’4 gu/kflnsf– * lkkn6f/sf Joj;foL lbk]zrGb| nfdfsf] Pln:sf s[lif kmfd{df n6/Dd kfs]sf] uf]ne]+8f . pxfFn] t/sf/L v]tL;Fu} afv|f, ufO{eF};L kfng ub}{ cfpg’ePsf] 5 . tl:a/M k]df nfdf÷ /f;;

कञ्चनपुर । बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो ।

एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू गरिएको छ । बेमौसमी तरकारी खेती गर्ने ८० किसानलाई टमाटर, काउली, बन्दागोभीलगायत तरकारीको बीउ र जैविक मल दिइएको छ । तरकारीका बिरुवाको नर्सरी तयार गर्नका लागि २० किसानलाई टमाटर, काउली, बन्दाको बीउ र जैविक मल तथा विषादी दिइएको छ । त्यसैगरी खुर्सानी खेती गर्ने ५० किसालाई खुर्सानीको बीउ, मल र विषादी दिइएको छ ।

पोली हाउसभित्र तरकारी खेती गर्ने ३० किसानलाई टमाटर, करेला, मल, बीउलगायत दिइएको छ । त्यसैगरी हल्दी र अदुवा खेती गर्ने ६५ किसालाई समेत मल हस्तान्तरण गरिएको छ । यसअघि गत वर्ष ती किसानलाई औजार, प्राविधिक सहयोग, दक्ष तालिम, आवश्यक साम्रगी सहयोग गरिएको थियो । किसानले उद्यमी भई तीनदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आइरहेका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !