घट्यो जौ बारीको चहलपहल Nepalpatra घट्यो जौ बारीको चहलपहल
२३ मंसिर २०७८, बिहिबार

घट्यो जौ बारीको चहलपहल


जौ बारी

मङ्गलबारे । इलाम सन्दकपुर गाउँपालिका–३ का कोषराज खतिवडा एक दशक अघि यस याममा मटरको हरियो कोसा बोकेर जौबारी गएको स्मरण गर्दै भन्नुहुन्छ । “यसरी कयाँैदिन भोगियो, सानो चहलपहल हुन्थ्यो त जौबारीमा ” उहाँले प्रश्न गर्नुभयो । हरियो मटर बेचेर खाद्यान्न ल्याउने उहाँ मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयको गुजारा यसैगरी बित्थ्यो ।

उत्पादित वस्तु जौबारी पु¥याउने र दैनिक उपभोग्य वस्तुु स्वदेश भित््याउने । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो । सीमावर्ती बजार भए पनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुुको मूल्य बढी पर्ने गरेको उहाँको भनाइ छ । अलैँची, कुचो, अदुवालगायतका वस्तुु सो बजारमा महङ्गो मूल्यमा बिक्ने गरेको थियो । यस्तै नेपालीका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो । सस्तो मूल्यमा उपभोग्य वस्तुु पाइने भएकाले हालको सन्दकपुर गाउँमा मात्र हैन माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार सोही रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारको भर पर्ने गरेका थिए ।

जौबारी बजार जिल्लाकै फस्टाएको बजारका रुपमा परिचित थियो । भारतीय सीमासँग जोडिएको कारण किसानले उब्जाएको सबै बेच्न सकिने र किसानको दैनिक उपभोग सामान पाइने एक मात्र व्यापारी केन्द्र बनेको थियो जौबारी त्यतिबेला । भारतीय व्यापारीको बाक्लो बसोबास भएकोले नेपाली गाउँ घरमा उत्पादित कृषि बाली सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्ये । सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैँमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो । हिउँदमा प्राय ः हिउँ परिरहने र चौरी क्षेत्रसमेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटक दार्जिलिङ हँुदै जौबारी नघुमी फर्कँदैन थिए । इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माइजोगमाई गाउँपालिकाको नयाँबजारमा भन्दा बढी चहलपहल र ठुलो बजारको रुपमा रहेको थियो जौबारी । यसैले पनि सबै जौबारी जानै पर्ने बाध्यताजस्तै भएको सन्दकपुर–३ का सन्तोष खतिवडाको भनाइ छ । यसो त हिउँदको समयमा गाउँघर गाडी पुग्ने ठाउँसम्म आफैँ किसानले मागेको उपभोग्य सामान लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमान लिएर जाने गर्ने गरेको पत्रकार बिप्लव भट्टराई बताउनुहुन्छ । हाल इलाम सदरमुकाममा बसेर पत्रकारिता गर्ने उहाँ सोही क्षेत्रका स्थानीय पनि हुनुहुन्छ । उहाँले जान्दा जौबारी बाहेक अन्य स्थानमा बजार भनेर जानु नपरेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय सडकको सुगमतासँगै धेरै ठाउँमा बजार विस्तार हुन थालेपछि जौबारी बजार व्यापारका हिसावमा इतिहासमा सीमित बनेको छ ।

धेरै कारोबार हुने बजार खुम्चिँदै गएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका र माइजोगमाईको प्रमुख बजार उक्त बजार हाल प्रायःसुनसान जस्तै बनेको छ । व्यापार फस्टाएकोले नेपालको छोटी भन्सार पनि त्यो समयमा राखिएको थियो । हाल जौबारी प्रायःसुनसान रहेको स्थानीय थुक्तेन नोर्बु लामाको भनाइ छ ।

उहाँले भारतीय व्यापारी विस्थापित भएपछि बजार सुकेको जानकारी दिनुभयो । सो बजारमा नेपालतर्फबाट व्यापारीसमेतले चासो नराखेपछि बजार सुनसान बन्दै गएको हो । सरकारी क्षेत्रसमेतबाट सो क्षेत्रमा चहलपहलका लागि प्रयास नभएको उहाँले बताउनुभयो । हुन त त्यस क्षेत्रमा जौबारीमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना भएको छ । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानले आफूले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेपछि उत्पादित वस्तुु त्यहाँ बिक्रीका लागि लग्न छोडेका छन् ।

विशेषतः त्यस क्षेत्रका बासिन्दा कृषि क्षेत्रमा लागि परेका छन् । किसानले उत्पादन गरेको घिउ र छुर्पीसमेत त्यस बजारमा महङ्गो मूल्यमा विक्री हुने गरेको थियो । जौबारीको चहलपहल घटेसँगै घिउ, छुर्पीले भने जस्तो बजार पाउन छोडेको छ । किसानले भारतका बजारमा पठाउने घिउ छुर्पीसमेतको मूल्य कम पाउन थालेपछि त्यस बजारमा उत्पादित वस्तुु लैजान छोडेको शेर्पाको भनाइ छ ।

सीमा क्षेत्रमा रहेको जौबारी मात्र हैन जिल्लामा सञ्चालित अन्य बजारको अवस्थासमेत उस्तै छ । जिल्लाको मानेभन्ज्याङ्गसमेतमा उस्तै भीडभाड हुने गरेको थियो । इलामको भारततर्फ जाने मुख्य नाका मानिएको पशुपतीनगरसमेतमा चहलपहल कमी नै भएको छ । यहाँ किनमेल नै ठप्प भएको भने हैन । व्यापारमा कमी आएपछि त्यहाँका व्यापारीसमेत बिस्थापित हुने खतरा बढेको छ । बिशेष गरेर पशुपतीनगरमा हाल कपडा कै व्यापार बढी हुने गरेको छ । कपडा मात्र बेचेर बजार कायम रहिरहन नसक्ने व्यापारी पवि राइको भनाइ छ ।

उहाँले कहिले व्यापार नै नगरी बेलुका सटर तानेर हिँड्नु परेको समेत बताउनुभयो । कोरोना जोखिम पछि अझ व्यापार घटेको छ । पलायन हुनलागेका व्यापारीलाई थाम्न सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्ने स्थानीयको भनाइ छ । व्यापारीलाई सौलियत दरमा ऋणको व्यवस्था मिलाउन सके पनि हदसम्म समस्याको समाधान हुने सो क्षेत्रका व्यापारीको भनाइ छ । सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईसमेतले सो क्षेत्रमा चहलपहल बढाउन निजी क्षेत्रले मात्र सम्भव नभएकाले सरकारी निकायसमेतबाट पहल चाल्नुपर्नेमा जोड दिनुभयो । त्यस क्षेत्रका भारतीय व्यापारी भारत नै फर्किन थालेका छन् भने स्थानीय व्यापारीसमेत विर्तामोड, विराटनगरलगायतका स्थानमा जान थालेका छन् । कोभिडको जोखिम शुरुभएपछि सीमा क्षेत्रमा समस्या भएको व्यापारीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !