११ बैशाख २०८१, मंगलबार

भेडीगोठमा पसेर भालुले मार्यो भेडा


भेडीगोठ

सिँजा । कनकासुन्दरी गाउँपालिका-२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताउनुभयो ।

लामो समयसम्म भेडा पाल्दै आउनुभएका उहाँले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गर्नुभयो । बर्षौ दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ ।

रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उहाँ बताउनुहुन्छ । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उहाँले लगाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !