११ कार्तिक २०७७, मंगलवार

ठेकेदारले फिर्ता गरे किसानको रकम



तम्घास, १५ असोज । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् । ‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।

रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमानुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो ।

सप्लायर्स कम्पनी गिरिधारी कृषि मेशिनरी सप्लायर्सका सञ्चालक गिरिधारी चौधरीले प्रतिकिसान रु एक हजार पाँच सयका दरले कुल रु ५१ हजार गैरकानूनी ढङ्गबाट उठाएका थिए । त्यसरी उठाइएको रकमको कुनै रसिदसमेत नदिँदा स्थानीयवासीले कमिशनको आशङ्का गरी न्यायका लागि सञ्चारमाध्यमको सहयोग लिएका थिए ।

त्यसलगत्तै ठेकेदारले गाउँपालिकाको आन्तरिक राजस्व खातामा आफूले लिएको सबै रकम जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाको खातामा जम्मा भएको रकम कार्यपालिका बैठक बसेर निर्णय गरी आइतबारसम्म सबै किसानलाई फिर्ता गरिने गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

टीकापुर, ४ कात्तिक । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी

वाग्मती , ३ कात्तिक । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्ने

महोत्तरी, ३० असोज । महोत्तरीका किसानलाई नगद जोहोको सहारा ओलखेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन

परासी, ३०असोज । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् ।