, गुर्जाेप्रति बढ्दो मोहः कर अधिकृतले निःशुल्क बाँड्दै बिरुवा

गुर्जाेप्रति बढ्दो मोहः कर अधिकृतले निःशुल्क बाँड्दै बिरुवा

लहान, १ भदौ । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आउनुभएका लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटलाई अहिले भने गुर्जाेको बेर्ना लगाउन र कलमी बनाउन भ्याइनभ्याइ हुन्छ ।

मिर्मिरे बिहानीमा होस वा झिसमिसे साँझको समयमा आफ्नो सरकारी निवासमा खाली जग्गामा गुर्जाेको बेर्ना लगाउने र कलमी बनाउन अचेल उहाँ दैनिक व्यस्त हुनुहुन्छ । कार्यालय समय सकिएपछि कर्मचारीलाई घर फर्किन हतारो हुन्छ, तर प्रमुख राजलवटलाई बेलुका कतिबेला निवास पुगेर बेर्ना लगाउने र कलमी बनाउने हतारो हुन्छ ।

बिहान सबेरै उठेर गुर्जाेको बेर्ना लगाउने र कार्यालयबाट बेलुका फर्किएपछि कमली बनाउने दैनिकी बनाउनुभएका प्रमुख राजलवटले तयार पारेको गुर्जाेको कलमी र बेर्ना चिनजानका व्यक्तिदेखि सङ्घसंस्थालाई निःशुल्क तिवरण गर्दै आउनुभएको छ ।

लहानस्थित गणेश चोकमा रहेको आन्तरिक राजस्व कार्यालयदेखि करिब ४०० मिटरको दूरीमा सरकारी निवासको खाली जग्गामा उहाँले लगाउनुभएको गुर्जाेको बेर्ना लिन आउनेको दैनिक भीडसमेत लाग्ने गरेको छ । गुर्जाेको लहरालाई टुक्राटुक्रा पारेर प्रमुख राजलवटले कलमी बनाएको देखेपछि स्थानीय अचम्ममा परेका थिए । “कार्यालयदेखि निवाससम्म आउँदा बाटो छेउमै लहरा र झाडी बुट्यान पर्छ”, प्रमुख राजलवटले भन्नुभयो, “त्यसमा गुर्जाे लत्रिएको भए पनि पहिला गुर्जाेको उपयोगिताबारे थाहा नभएर त्यसलाई स्थानीयवासीले खासै महत्व दिएका थिएन् ।” तर त्यही गुर्जाेलाई काटेर टुक्रा पारेर कलमी बनाई त्यसको महत्वबारे बुझाएपछि धेरैजसो व्यक्ति यसलाई अहिले नियमित सेवन गर्न थालेको उहाँको भनाइ छ ।

अहिले आन्तरिक राजस्व कार्यालय लहानका अधिकांश कर्मचारीसँगै त्यहाँ धेरैजसो स्थानीयले दैनिक गुर्जाेको सेवन गर्न थालेका छन् । “शुरुमा स्थानीयवासीलाई गुर्जाे के हो, यसको फाइदा के हुन्छ थाहैै थिएन्”, उहाँले भन्नुभयो, “तर अहिले सबै जनाले गुर्जाेबारे थाहा पाइसक्नु भएको छ, दैनिकजसो बिहान बेलुका उहाँहरु गुर्जाे सेवन गर्नुहुन्छ ।” कतिपयले गुर्जाेको चिया बनाएर सेवन गर्नुहुन्छ भने कतिपयले गुर्जाेलाई रातभरी पानी भिजाएर बिहान सेवन गर्ने गरेका छन्, त्यसैले यसबाट आफू उत्साहित भएको प्रमुख राजलवटको भनाइ छ ।

“गुर्जाेको बेर्ना र कलमी बनाउने चाहना आफूलाई लहान आएदेखि नै थियो”, उहाँले भन्नुभयो, “कार्यालयमा कामको चापका कारण त्यसो गर्न सकेको थिएन, तर गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले गुर्जाेको बेर्ना लगाउने र कलमी बनाउने अवसर जुराएको हो ।” करिब चार महिनाको बन्दाबन्दीकै समयमा गुर्जाेको ३० हजार कलमी तयार पारेको उहाँको भनाइ छ ।

बन्दाबन्दीका बेला कार्यालयका अधिकांश कर्मचारी घर पुगे पनि प्रमुख राजलवट सरकारी निवासमै बसेर तयार पारेको ३० हजार गुर्जाेको कलमीमध्ये बन्दाबन्दी खुकुल्लो भएसँगै हालसम्म १५ हजारभन्दा बढी कलमी काठमाडौँ पठाइसक्नुभएको छ । “आफ्ना इष्टमित्र र आफ्न्त तथा चिनजान भएकालाई कलमी पठाइसके”, उहाँले भन्नुभयो, “गुर्जाेको बहुउपयोगी बुझेकाबाट पनि दैनिकजसो गुर्जाेको कलमी माग हुँदै आएको छ, भ्याएसम्म पठाइरहेको छु, गाडी नचलेर पठाउन कठिनाइ भइरहेको छ ।” अहिलेसम्म अर्थमन्त्रालयको विभिन्न विभाग तथा निकायमा पनि कमली पु¥याइसकेको र आफूले पठाएको गुर्जाेको कलमी सिंहदरबार र अर्थमन्त्रालय तथा विभागको कुनाकुनामा छ्याप्छ्याप्ती हुर्किसकेको उहाँले बताउनुभयो ।

असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जाेको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटु रोगीलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । “गुर्जाेको बहुउपयोगिता भए पनि यसको कलमी उत्पादनमा खासै खर्च लाग्दैन”, प्रमुख राजलवटले भन्नुभयो, “यहाँका झाडी बट्यानमा प्रशस्त गुर्जाेको लहरा पाइन्छ, त्यसलाई काटेर टुक्रा पारी बेर्ना बनाउँछु र त्यसलाई कलमीका रुपमा तयारी पार्ने गरेको छु ।” त्यही गुर्जाेको कलमी माग्न आउनेलाई मागअनुसार क्यारेटसहित निःशुल्क दिइने गरेको उहाँका कथन छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जाेको उपयोगिता अझै बढेको उहाँले बताउनुभयो ।

कोभिड–१९ सङक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि सिरहामा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले सांँझ बिहान दुई पटक खाने गरेका छन् । गुर्जाे, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ ।

“कोरोना भाइरस सङ्क्रमणबाट बच्न गुर्जाे प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जाे खान थालेका छन्”, स्थानीयवासी राजकिसोर यादवले भन्नुभयो, “पहिले सजिलै पाइने गुर्जाे यतिखेर पाउन गाह्रो भएको छ ।” “यो लहरा जस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ”, उहाँले भन्नुभयो, “यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।”

आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् । रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले धेरैले यसको सेवन गर्न थालेको बताइएको छ ।