४ बैशाख २०८१, मंगलबार

Tag: सफारी चालक

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु, ट्रक चालक फरार

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।