४ बैशाख २०८१, मंगलबार

सानो बनाऔँ घर


home

पृथ्वीका बिपरित प्लेटहरुको घर्षण भइरन्छरे
त्यसका कारणले बेला बखतमा कम्पन् गइरन्छरे ।
त्यस्ता कम्पनले भयाबय हुँदा भयो सबैमा डर
भौतिक सम्पती नष्ट गर्छ यसले सानो बनाऔँ घर ।

काँप्छन् थर्थर बेसरी यिनी धरा चाहेर रोकिन्न त्यो
अन्दाजैनहुने छ शक्ती यसको छेकेर छेकिन्न त्यो ।
थाहाहुन्न शुरु र अन्त्य यसको आफ्नो सुरक्षा गर
आफ्नो जिन्दगी साथ राख्नुछभने सानो बनाऔँ घर । ।

पृथ्विका गहिराइका सव कुरा जानेर जानिन्न त्यो
फोस्रो तर्क बितर्कका कती कुरा मानेर मानिन्न त्यो ।
यो दिन् आँउ्ँछ भनेर खोक्ने हरुको नपर्नु  कहिल्यै भर
एउटा जिन्दगी यो अमुल्य छभने सानो बनाऔँ घर । ।

आँउ्ँछ जान्छ नसोधी एक तरहले अटेर गर्दैन त्यो
भाषा धर्म केही हुँदैन र पनि झुक्याई मार्दैन त्यो ।
चिन्दैन त्यसले गरिव र धनी भन्दैन ठुलो थर
सम्पत्ती केही हैन त्यो महलको सानो बनाऔँ घर । ।

हेर्नुपर्छ भुगर्भको सबकुरा बिकासका काममा
धर्ती नै कमजोर छ यदी भने के गर्छ त्यो सामना ।
आफ्नो घर बलियो बनाउ तिमिले आउ अघाडी सर
भुइँचालो प्रतिरोध गर्नुछभने सानो बनाऔँ घर । ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !